पर्वतको कुस्मामा चोरीका घटना बढ्न थालेपछि सिसिटीभी मर्मत गरिने - News site from Nepal

पर्वत – पर्वतको सदरमुकाम कुस्माबजारमा पछिल्ला दिनमा चोरीका घटना बढ्न थालेपछि बजार क्षेत्रका सिसिटिभी क्यामेराहरु मर्मत गर्न थालिएको छ ।
बजार क्षेत्रमा दिन दहाडै घर तथा पसलहरुमा चोरी हुन थालेका कारण बजार क्षेत्रका सबै क्यामेरा मर्मत गरिने भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वत र पर्वत उद्योग बाणिज्य संघको पहलमा बजार क्षेत्रमा जडान भएका क्यामेरा मर्मत गर्ने निणर्य भएको छ । पर्वत उद्योग बाणिज्य संघमा सोमबार बसेको बैठकले चालु अबस्थामा रहेका र बिग्रेका क्यामेराको स्थलगत रुपमा परिक्षण गरेर मर्मत गरि तत्काल सञ्चालनमा ल्याउने निणर्य भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरिक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । ‘पहिलो चरणमा बिग्रेको अबस्थामा रहेका क्यामेरा मर्मत गर्ने निणर्य भएको छ ।’ उहाँले भन्नुभयो ‘पछि थप गर्नुपर्ने स्थानमा समेत जडान गर्ने सोच बनाएका छौ ।’
कुस्माबजारमा हाल २० वटा सिसिक्यामेरा जडान भएका छन । जडान भएका धेरै क्यामेरा बिग्रेका कारण चोरी र दुर्घटना हुँदा दोषीलाई समाप्न कठिन भएको थियो । सुरक्षा चुनौती थपिएपछि क्यामेरालाई मर्मत गर्न पर्वत उद्योग बाणिज्य संघले पनि सहयोग गर्ने अध्यक्ष गोपी अधिकारीले बताउनुभयो । पर्वतमा पछिल्ला दिनमा पर्यटकहरुको समेत भीड लागेको छ भने सातौ पर्वत महोत्सब माघ दोस्रो साता हुँदैछ ।
२०७२ सालमा धौलागिरी क्षेत्रको प्रबेशद्वारको रुपमा रहेको पर्वतको डिमुवा देखि पर्वतको सदरमुकाम कुस्मा बजार र वारीबेनीमा समेत क्यमरा जडान गरिएको थियो । सबै क्षेत्रमा गरी ३५ वटा क्यामरा जडान गरिएको थियो । सिसी क्यामरा जडान गर्नका लागि पर्वत उद्योग बाणिज्य संघको संस्थागत पहल तथा तत्कलिन जिल्ला बिकास समिति र कुस्मा नगरपालिकाले समेत सहयोग पुर्‍याएका थिए । त्यसका लागि २२ लाख भन्दा बढी खर्च गरेको थियो । तर मर्मतको अभाबमा एक बर्षपछि नै सबै क्यामराहरु बिग्रेका थिए । तीन बर्ष अघि कुस्मा नगरपालिकाको सहयोगमा २० क्यामेरा मर्मत तथा नयाँ जडान गरिएको थियो । तर मर्मतको अभाबमा अहिले ती क्यामेरा मध्ये अधिकाँस सञ्चालनमा छैनन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!