यस्ता छन् फलेवास नगरपालिकाका ६ महिनाका उपलब्धि - News site from Nepal
यस्ता छन् फलेवास नगरपालिकाका ६ महिनाका उपलब्धि

पर्वत : फलेवास नगरपालिकाले स्थानीय तहको निर्वाचनपछि पहिलो ६ महिनामा भएका उपलव्धी सार्वजनिक गरेको छ । नगर प्रबक्ता अच्यूत तिवारीको संयोजकत्वमा मंगलबार नगरपालिकामा आयोजित पत्रकार भेटघाटका अवसरमा नगरपालिकाले हालसम्म गरेका उपवव्धीबारे जानकारी गराइएको हो ।
गत बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचको नजितापश्चात जेठ पहिलो साता जनप्रतिनिधिले सपथ लिएका थिए । सपथग्रहणपछिको पहिलो ६ महिनाका अवधिमा कतिपय राष्ट्रय तथा नगरको प्राथमिकताप्राप्त आयोजनाहरुको कानूनि तथा प्राविधिक उल्झन समाधानमै नगरपालिका केन्द्रित हुनुपरेको पत्रकार सम्मेलनमा प्रबक्ता तिवारीले जानकारी गराउनुभयो । असहजताका बावजुद पनि नगरपालिकाले ६ महिनाको अवधिमा कालीगण्डकी हाइटेन्सन लाइनको बिबाद समाधान गरेको, नगरका सबै वडा पुग्ने सडक मर्मत गरेको, प्रविधिमैत्रि वडाका लागि प्रदेशबाट बजेट ल्याएको तथा केहि सडक कालोपत्रेका लागि प्रकृया अघि बढाएको पत्रकार सम्मेलनमा जानकारी गराइयो । त्यस्तै लमायखोला खानेपानी, नगर अस्पताल, प्रमुख प्रशासकीय भवन, मनमोहन शान्ति बाटिका लगायतका कामको बिबाद निरुपण गरि अघि बढाउन निरन्तर लागिएको प्रबक्ता तिवारीले जानकारी दिनुभयो ।
नगरले गरेका मुख्यमुख्य कामको २६ बुँदामा जेष्ठ नागरिकलाई घरघरै स्वास्थ्य परिक्षण, एम्बुलेन्स खरिद, स्थानीय पाठ्यपुस्तकको लेखन, शिक्षकलाई दीर्घसेवा सम्मान, किसानलाई अनुदान तथा राहत, मोदीखोला, लमायखोला, सुम्साघाट तथा बेलबगर मोटरेबल पुल निर्माणको प्रकृया अघि बढेको उल्लेख छ । त्यस्तै एक घर एक धारा खानेपानी अन्तर्गत बिभिन्न ३ वडामा काम शुरु गरिएको, मनसुनजन्य क्षतीमा परेका घरधुरीको तथ्याङ्क संकलन गरिएको, सबै वडा पुग्ने सडक स्तरबृद्धी गरि बाह्रै महिना सञ्चालन हुने बनाइएको लगायतका प्रगति उल्लेख छ ।
कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्ण आचार्य, लेखा अधिकृत यसोधा सुबेदी, प्रशासन प्रमुख कृष्ण पौडेल, बिपत तथा राजस्व अधिकृत रमेश पौडेल, स्वास्थ्य शाखा प्रमुख रुद्रप्रसाद सापकोटा, कृषि अधिकृत केदार सापकोटा, योजना अधिकृत प्रकास लम्साल, इन्जिनियर प्रबिण गौतम लगायतले पत्रकारहरुका विषयगत जिज्ञासाको समाधान गर्नुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य छबिलाल तिवारी, पर्वत जिल्ला अध्यक्ष सन्तोष थापा, सल्लाहकार दुर्गाप्रसाद शर्मा, पुर्व अध्यक्ष ओमप्रसाद घायल, समाजबादी प्रेस संगठन नेपालका गण्डकी प्रदेश संयोजक गणेश पौडेल, प्रेस युनियनका अध्यक्ष उत्तम अधिकारी, प्रेस चौतारीका अध्यक्ष कृष्ण अखेली, प्रेस सेण्टरका जिल्ला अध्यक्ष एनपी घायल लगायत जिल्लामा कृयासिल सबैजसो पत्रकारको उपस्थीति थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!