कुश्मा नगरपालिकाको प्रमुखमा जोशीको दोस्रो कार्यकाल शुरु- ‘समृद्ध, शुन्दर कु्श्मा नगर बनाउने मुख्य लक्ष’ - News site from Nepal

पर्वत – जिल्लाको ठूलो र पुरानो नगरपालिका कुश्मा नगरपालिकाको मेयर पदमा रामचन्द्र जोशीको दोस्रो पटक इन्ट्री भएको छ । उनले दोस्रो पटक पनि नगरप्रमुखको पद निर्वाचनबाट जिते पछि दोस्रो कार्यकालका लागि नगरपालिकामा इन्ट्री गरेका हुन् ।

शुक्रबार सपथ ग्रहण गरेलगतै उनले नगरपालिकामा गएर पदभार ग्रहण गरेका छन् । नेपाली कांग्रेसको तर्फबाट निर्वाचित जोशीको यो दोस्रो कार्यकाल हो । ५ बर्ष अघि पनि उनी कांग्रेसबाटै निर्वाचीत भएका थिए । दोस्रो पटक मेयरको पदभार सम्हालेका जोशीले विकासका ठूला सपना बाडेनन् । आफ्ना अधुरा योजना पुरा गर्ने उनको पहिलो उद्देश्य छ । पदभार ग्रहण कार्यक्रममा उनले सुनाएका ३ योजना छन् ।

पहिलो नगरपालिकाको कार्यालय बनाउने, वडाहरुको वडा कार्यालय बनाउने रहेको छ । उनले सवै वडा कार्यालयसम्म पुग्ने कालोपत्रे सडकको लागि पहल गर्ने समेत प्रतिबद्धता ब्यक्त गरेका छन् । सम्बद्ध सुन्दर कुश्मा नगरलाई साकार बनाउन आफूले पहल गर्ने जोशीले बताए । अघिल्लो कार्यकालमा अधुरा रहेका योजना र कार्यक्रमहरु सम्पन्न गर्दै “समृद्ध सुन्दर कुश्मा नगर” निर्माण संगै समुन्नत नगर र सम्मानित नगरवासी बनाउने दृढ विश्वास व्यक्त  ब्यक्त गरे

पहिलो कार्यकालमा ठूला पूर्वाधारका कामहरु देखिने गरी नगरपालिकाको नेतृत्वमा नभएको गुनासा आएपछि उनले यस पटक भने देखिने गरी पूर्वाधार निर्माणको काममा समय खर्च गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

जोशीले नगरपालिकाको नगरप्रमुखकको कार्यकक्षमा आफ्नो पदभार ग्रहण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!