पहिरोले मालढुंगा-बेनी सडक अवरुद्ध - News site from Nepal
पहिरोले मालढुंगा-बेनी सडक अवरुद्ध

पर्वत –  केहिदिन देखिको लगातार परिरहेको वर्षाका कारण पहिरो जाँदा पर्वतको मालढुंगा देखि म्याग्दीको बेनी जोड्ने मालढुंगा-बेनी सडक अवरुद्ध बनेको छ ।
पर्वतको जलजला गाउँपालिका वडा नं. ८ ज्यामिरेमा सडक माथिवाट आएको ठुलो पहिरोले दिउँसो साढे २ बजेदेखि अवरुद्ध बनेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार अहिले स्काभेटर प्रहरी र स्थानीयवासी मिलेर सडक खुलाउने प्रयास भैरहेको भएपनि साँझसम्म लाग्ने जनाएको छ । पहिरोसँगै ठुला ठुला ढुंगा समेत पल्टिएकाले सडक पन्छाउन केहि समय लाग्ने जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले जानकारी दिनुभयो ।
सडक अवरुद्ध हुँदा म्याग्दी र मुस्ताङवाट विभिन्न जिल्लाका लागि छुटेका सवारीसाधनहरु मिलनचोकमा र अन्यत्रवाट ती दुई जिल्लाका लागि गएका सवारीसाधन फर्सेमा अलपत्र बनेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!