चुनावी प्रतिवद्धता पुरा गर्दै पर्वतको खौलालाकुरीका वडा अध्यक्ष शर्मा - News site from Nepal

रमेश पौडेल
पर्वत- कुश्मा नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष तेज प्रसाद शर्मा सानै उमेरबाट सामाजिक क्षेत्रमा लाग्नु भएको हो । हाल स्थानीय तहको निर्वाचनमा कुश्मा नगरपालिका वडा नं. १३ खौलालाकुरीबाट वडा अध्यक्षमा भारी भतले विजय हुनु भएका शर्मा आफुले निर्वाचनमा जनतासँग गरेको बाचा पुरा गर्दै जान थाल्नुभएको छ ।
कुश्मा नगरपालिकाको ग्रमाणि इलाकाको रुपमा रहेको खौलालकुरीमा विभिन्न महत्वका पर्यटकीय स्थानहरु रहेको छन् प्रमुख पर्यटकीय स्थानहरुलाई संरक्षण सम्वद्र्धन गर्दै ५ बर्ष भित्र खौलालाकुरीलाई समृद्ध खौलालकुरी बनाउने लक्ष्यका साथ कार्ययोजना निर्माणमा लाग्नु भएको छ । वडाका मुख्या समस्याका रुपमा रहेको खानेपानी, सडक, स्वास्थ्य, शिक्षा साथै पर्यटकिय स्थलहरु संरक्षणका लागि पन्चबर्षिय योजना निर्माण गरी कार्य थालीने पनि अध्यक्ष शर्माले बताउनु भएको छ ।
प्रमुख कृषी क्षेत्रमा युवाहरुको आक्रषणलाई बृद्धि गरी कृषी उपज सामाग्रीहरुलाई बजारसम्म पुर्‍याउने, बाझो रहेको खेतबारीलाई पुनः खेति गर्नका लागि कृषकहरु आक्रषण हुने खालका कार्यक्रमको योजना निर्माण गर्ने प्रमुख उद्धेश्यका साथ कार्य थालनी गरेको ,वडा भित्र सामाजिक सुरक्षा भत्ता प्राप्त बैंकसम्म जान नसक्ने लाभग्रहिहरुलाई सामाजिक सुरक्षा भत्ता घरघरमा नै लगी सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने पनि अध्यक्ष शर्माले बताउनु भएको छ ।

बैदेशीक रोजगारमा बर्षमा सयौ युवाहरु पलायन हुने भएकोले स्वदेशमा नै स्वरोजगार हुने खालका कार्य सन्चालन गर्दै जाने , खौलालाकुरीमा रहेको स्वास्थ्य चौकी केन्द्रमा तत्कालै बर्थिङ सेन्टर स्थापना गर्ने, वडा स्वास्थ्य विमामा ५० प्रतिशत रकम वडाले भुक्तानी गरीदिने, उक्त रक्तचापका विरामीलाई औषधी निःशुल्क रुपमा उपलब्ध गराउने पनि शर्माले बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!