पर्वतको कुश्मा नगरपालिकाद्धारा मनसुन र महामारीजन्य घटना पीडितलाई राहातको घोषणा - News site from Nepal

पर्वत- पर्वतको कुश्मा नगरपालिकाले हालैको वर्खामा भएका मनसुनजन्य विपद तथा महामारीजन्य विपदको कारण समस्या परेका नागरिकलाई राहातको घोषणा गरेको छ । कुश्मा नगरपालिकाको विपद व्यवस्थापन समितिको विहिवारको बैठकले राहातको घोषणा गरेको हो ।
साथै आगलागी जन्य घटनाका पीडितलाई पनि राहात दिईने भएको छ । नगरप्रमुख रामचन्द्र जोशीको अध्यक्षतामा बसेको बैठकले २०७८ साल चैत्र देखी २०७९ साल असोजसम्म निवेदन दिएका पीडितहरुलाई राहात दिने निणर्य गरेको हो । कार्यालयमा क्षतीको निवेदन दिएका व्याक्तिहरुको सम्बन्धमा प्राविधिक बाट निरीक्षण गराई ५० हजार सम्म क्षती भएकालाई पाँच हजार, ५० हजार देखि १ लाख ५० हजार सम्म क्षती भएकालाई १० हजार र १ लाख ५० हजार भन्दा माथि लागत अनुमान भएकालाई १५ हजार रुपैयाँ राहात वितरण गरिने भएको छ । नगरपालिका भित्र करिव एक सय जनाले विभिन्न विपदमा परेको भन्दै निवेदन दिएका थिए ।
विपदबाट घरगोठ पूणर् रुपमा भत्किएका र आगालागीबाट जलेर नष्ट भएकालाई क्षतीको मुल्यांकन गरि फरक फरक रकम उपलब्ध गराईने भएको छ । कुश्मा नगरपालिका ५ मा घर जलेका मानकुमारी श्रेष्ठलाई एक लाख र अन्य ६ जनालाई ५० हजारको दरले राहात वितरण गरिने भएको छ । अरिंगालले टोकेर मृत्यु भएका कुश्मा नगरपालिका १ पाङका श्रीराम परियारको परिवारलाई ५० हजार दिने निणर्य भएको जोशीले बताए । विपदबाट पशुचौपाय क्षती भएका नागरिकलाई पनि राहात दिईने छ । राहात पाउनका लागि यसअघि निवेदन दिएकाले वडाको सिफारिस, प्रहरी मुचुल्का, प्राविधिक प्रतिबेदन समेत संलग्न गराउनुपर्ने भएको छ । जाली, पाईप र पाल भने तत्काल वितरण नगरिने भएको छ ।
निर्वाचन आचारसंहितामा यस्ता सामाग्री वितरण गर्न नहुने उल्लेख छ । तर विपदको राहात वितरणमा भने निर्वाचन आयोगले रोक लगाएको छैन । यस्तै कुश्मा नगरपालिकामा विपदको पूर्व तयारी तथा प्रतिकार्य गर्नका लागि स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्र स्थापना गर्ने बैठकले निणर्य गरेको प्रमुख प्रसासकीय अधिकृत कुमानसिँह गुरुङले जानकारी दिए । उक्त केन्द्र सञ्चालनका लागि सम्पर्क व्याक्तिको रुपमा कार्यालयका असिस्टेण्ट ईन्जिनियर सागर पोख्रेललाई तोकिएको छ । केन्द्रलाई आवश्यक पर्ने स्रोत साधन कुश्मा नगरपालिकाको विपद व्यवस्थापन कोषबाट व्यवस्थापन गरिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!