हेटौंडामा सवारी दुर्घटनामा परी ४ जना घाइते - News site from Nepal
हेटौंडामा सवारी दुर्घटनामा परी ४ जना घाइते

हेटौंडा : मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा एकैदिन ३ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परी ४ जना घाइते भएको प्रहरी प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

मंगलबार हेटौडा बजारबाट रातोमाटेतर्फ जाँदै गरेको ना ५२ प २०० नम्वरको मोटरसाइकलले हेटौंडा– ९ निवासी दिपेश अर्याललाई सडक छेउमा डिँडिरहेको अवस्थामा ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा परी पैदलयात्रु अर्याल र मोटरसाइकल चालक हेटौंडा– १५ रातोमाटे निवासी ससी लामा घाइते भएका छन् ।

घाइते दुवैलाई उपचारको लागि चुरेहिल अस्पताल लगिएकोमा चालक लामाको अवस्था सामान्य रहेको भएता पनि पैदलयात्रु अर्यालको अवस्था गम्भीर रहेकोले उनलाई थप उपचारको लागि चितवन मेडिकल कलेज रिफर गरिएको छ ।

त्यस्तै हेटौंडा– १५ रातोमाटेबाट हेटौंडातर्फ आउदै गरेको ना ५३ प ३३१० नम्वरको स्कुटरलाई ना ६ ख ३४६६ नं.को ट्रकले ठक्कर दिंदा स्कुटर हेटौंडा निवासी ३२ वर्षीया सुस्मा भट्टराई घाइते भएको र उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले ठक्कर दिने ट्रकका चालकलाई नियन्त्रणमा लिएको छ ।

मंगलबार नै हेटौंडा ५ स्थित भित्रि सडकखण्डमा शन्तिनगरबाट सहमील जादै गरेको ना ४३ प ८२६८ नम्वरकोे मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हँुदा मोटरसाइकल चालक हेटौंडा– ४ बस्ने २८ वर्षीय अमृत मैनाली गम्भीर घाइते भएको र उपचारको लागि हेटौंडा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

सवारी दुर्घटना हुने कारणहरुमा साँघुरो तथा कच्ची सडक, तीब्र गतिमा सवारी चलाउनु, मादक पदार्थको सेवन तथा चालकको मनस्थिति सवारी चलाउने समयमा ठिक नहुनु आदि भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!