पर्वतको कुश्मा नगरपालिकाको भवन समन्वय समितिको जग्गामा बनाउन मन्त्रीपरिषदको स्वीकृती - News site from Nepal

पर्वत- पर्वतको कुश्मा नगरपालिकाको भवन जिल्ला समन्वय समितिको जग्गामा बन्ने भएको छ ।
जिल्ला समन्वय समिति भन्दा पछाडि रहेको जग्गामा कुश्मा नगरपालिकाको भवन बनाउन मन्त्रीपरिषद वैठकले स्वीकृति प्रदान गरेको छ । गत बिहीवार बसेको मन्त्रीपरिषदको वैठकले कुश्मा नगरपालिका वडा नं. ५ स्थित १३ रोपनी १५ आना जग्गा रहेकोमा जिल्ला समन्वय समिति पर्वतले भोगचलन गरेको ६ रोपनी, ६ आना, २ पैसा १ दाम जग्गा मध्ये २ रोपनी, ९ आना, ३ पैसा ३ दाम क्षेत्रफलको जग्गा नगरपालिकाको प्रशासकिय भवन निर्माणका लागि स्वीकृति दिने निणर्य गरिएको हो । यो बाहेकको जग्गामा जिल्ला प्रशासन कार्यालय रहेको छ ।
यस अघि जिल्ला समन्वय समितिले उक्त जग्गामा नगरपालिकाका प्रशासकिय भवन बनाउनका लागि स्वीकृत गरी मन्त्रीपरिषद्मा सिफारीस गरेको थियो । कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीको निरन्तरको पहलपछि गत बिहीवारको वैठकले उक्त जग्गा नगरपालिकालाई भोगचलन गर्न दिने स्वीकृति दिएको नगरप्रमुख जोशीले बताउनुभयो । उहाँले मन्त्रीपरिषदवाट स्वीकृत भएसँगै अव तत्काल भवनको टेण्डर आव्हान गरिने बताउनुभयो ।


दुई वर्षभित्र भवन निर्माण सक्ने उहाँको योजना रहेको छ । स्थापना कालदेखि भाडाको घरमा संचालन हुँदै आएको नगरपालिकाको नाममा रहेको वडागाउँमा रहेको जग्गा साँघुरो र सवैको निम्ति अपायक हुने भएकाले भवन निर्माण प्रकृया शुरु हुन सकेको थिएन । जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, र नगरपालिका एकै ठाउँमा हुँदा नगरवासीका साथै जिल्लावासीहरुलाई समेत सहज हुने उहाँको भनाई रहेको छ ।
कुश्मा नगरपालिकाले अहिले बार्षिक रुपमा २५ लाख भन्दा बडि घरभाडा तिर्दै आएको छ । नयाँ भवन बनेपछि उक्त भाडाको रकम समेत विकास निर्माणमा खर्चिन पाउने प्रमुख प्रशासकिय अधिकृत कुमानसिंह गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार कुश्मा नगरपालिकाको भवन निर्माणका लागि गत वर्षदेखिनै बजेट बिनीयोजन भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!