एमाले पर्वतका उपसचिब लामिछानेले लिए युवा संघवाट विदा - News site from Nepal
एमाले पर्वतका उपसचिब लामिछानेले लिए युवा संघवाट विदा

पर्वत – नेपाल कम्युनिष्ट पाटी (एमाले) पर्वतका उप सचिव बिमल लामिछानेले युवा संघ छाडेको घोषणा गरेका छन् । नवौ जिल्ला अधिवेशनबाट जिल्ला उप सचिव पदमा निर्विरोध निर्वाचित लामिछानेले युवा संघको राजनीति छोडेको घोषणा गरेका हुन् । युवा संघको स्थायी कमिटि सदस्य रहेका लामिछाने पाटीमा सक्रिय हुने भन्दै युवा संघको पदबाट विदा मागेका हुन् ।

युवा संघ नेपालको जिल्ला सदस्य, सचिवालय सदस्य, सह संयोजक हुँदै लामिछाने पर्वत जिल्लामा युवा संघको जिल्ला अध्यक्ष निर्वाचित भएका थिए । मतदान विधि मार्फत युवा संघको जिल्ला अध्यक्ष बनेका लामिछाने युवा संघको केन्द्रिय सदस्य हुँदै पछिल्लो समय स्थायी कमिटि सदस्य थिए ।

एमाले पर्वतमा कान्छो उमेरमै उप सचिव पदमा पुगेका लामिछानेले अरु युवाहरुलाई पनि नेतृत्व विकास गर्ने अवसर दिनुपर्छ भन्ने उद्देश्यले आफूले युवा संघको कमिटिमा नवस्ने निणर्य गरेको बताएका छन् । एउटै ब्यक्तिले धेरै पद ओगट्ने र नयाँ पुस्ताले नेतृत्व विकास गर्न नसक्ने भएका कारण आफूले पाटीको सक्रिय राजनीति गर्ने र युवा संघको कमिटिबाट विदा माग्ने निणर्य गरेको लामिछानेले उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2022 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!