पर्वतको कुश्माका तीन बालिका बलात्कार आरोपमा तीन युवा पक्राउ - News site from Nepal
पर्वतको कुश्माका तीन बालिका बलात्कार आरोपमा तीन युवा पक्राउ

पर्वत – पर्वतको कुश्माका तीन जना बालिका बागलुङ पुगेर बालात्कृत भएका छन् ।
गत शनिवार बागलुङ कालीका मन्दिर घुम्न गएका कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङ्गका तीन बालिका सोहि राती बलात्कृत भएका हुन् । शनिवार राती बागलुङकै एक होटलमा बसेका ती बालिकालाई होटलमै बसेका अन्य तीन युवाले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
बलात्कार गरेको आरोपमा तीन युवा पक्राउ परेका छन् । बागलुङ नगरपालिका-२ समिट चोकमा रहेको एक होटलमा राखी तीन जना बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा धादिङ घर भएर पोखरा महानगरपालिका-८ बस्ने १९ वर्षीय सन्दीप तामाङ, गुल्मी घर भएर पोखरा-१७ बस्ने १९ वर्षीय राहुल थापा र बागलुङको गलकोट घर भएर पोखरा-८ सिर्जनाचोक बस्दै आएका २५ वर्षीय अशोक दर्लामीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी गंगाबहादुर थापाले जानकारी दिनुभयो ।
पर्वतको कुश्मा- ३ दुर्लुङका एक १६ वर्षीया र दुई १५/१५ वर्षीया तीन बालिका शनिवार घरमा समेत खबर नगरी निस्किएका थिए । अबेरसम्म पनि घर नफर्केपछि परिवारले खोजीका लागि बागलुङ प्रहरीमा खबर गरेका थिए । परिवारको सूचना पछि खोजी गर्ने क्रममा उनीहरु होटलमा फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङमा खबर पुगिसकेपछि प्रहरीले बालिकाहरुलाई जिम्मामा लिई सोधपुछ अगाडि बढाएपछि सोही होटेलमा बसेका तीन युवाहरूले जबर्जस्तीकरणी गरेको खुलेको हो । जबर्जस्ती करणीपछि ती युवाहरू भागिसकेका थिए । फरार उनीहरूलाई बागलुङकै विभिन्न ठाउँबाट पक्राउ गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक शारदा प्रशाद चौधरीले जानकारी दिनुभयो । अहिले घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!