पर्वत- आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि नेकपा एमाले पर्वत आवश्यक तयारीमा जुटेको छ ।
अघिल्लो पटक गठवन्धनका कारण तीनवटै सिटमा बाजी मारेको एमालेले सोहि बिरासतलाई जोगाउनका लागि तयारीमा जुटेको जिल्ला सचिब गोविन्द पहाडीले जानकारी दिनुभयो । अहिले आन्तरिक तयारीमा जुटेका छौ पहाडीले भन्नुभयो पालिका स्तरीय पार्टी कमिटिका वैठक तथा योजना निर्माण र वडा स्तरीय कमिटिका वैठक र योजना निर्माणको काम भैरहेको छ ।
|त्यसैगरी असोज २८ गते प्रदेश क समन्वय किमिटि र २९ गते प्रदेश ख समन्वय कमिटिको वैठक बसेर कार्ययोजना बनाईने र कात्तिक १ गतेदेखि औपचारिक रुपमा उम्मेदवार सहितको प्रचार प्रसार र घरदैलो कार्यक्रम संचालन गरिने सचिब पहाडीले जानकारी दिनुभयो । नेकपा एमाले पर्वतवाट प्रतिनिधिसभा सदस्यमा पदम गिरी,प्रदेश सभा क मा भक्त कुँवर र प्रदेश सभा ख मा मित्रलाल बस्याललाई उम्मेदवार बनाएको छ ।






