पोखरा भलिबलमा पुरुष तर्फ एफिएफ र महिला तर्फलामाचौरले बाजी मारे - News site from Nepal

छैठौं क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता आज सम्पन्न भएको छ। जसमा पुरुष तर्फ एफिएफ मालेपाटन र महिला तर्फ एशियन शुज लामाचौरले जित हासिल गरेका छन् ।
पुरुष तर्फ भएको फाइनल खेलमा मामा भान्जा भलिबल काठमाण्डौंलाई सोझो ३ सेट जितेर एपिएफ विजेता बनेको हो ।
त्यसैगरी महिला भलिवल प्रतियोगितामा एशियन शुज लामाचौर प्रथम र अर्चलवोट भलिवल ट्रेनिङ सेन्टर दोस्रो भएका छन् भने, पुरुषतर्फ एपिएफका विजय थापा सर्वोत्कृष्ट खेलाडी, मामा भान्जा क्लबका सञ्जु विक्रम शाहउत्कृष्ट स्पाइकर, सोही टिमकै इश्वर गुरुङ उत्कृष्ट डिफेण्डरर राजेश कुँवरउत्कृष्ट सर्भर घोषित भएका थिए ।
उत्कृष्ट सेटरका रुपमा एफिएफका मिलन राना, उत्कृष्ट ब्लकरमा सोही टिमकै सुनिल सुनार र उदीयमान खेलाडीमा उमेश सेन्चुरी पुरस्कृत भए ।
त्यसैगरि महिलातर्फ सर्वोत्कृष्ट खेलाडीका रुपमा एसियन सुज लामाचौरकी सरु नेपाली, निरु पुनउत्कृष्ट सेटर, लक्ष्मी रानाउत्कृष्ट डिफेण्डर र सस्मीता पुन उदीयमान खेलाडीका साथै अर्चलबोटकी मनिषा तिलिजा उत्कृष्ट स्पाइकर र सोही टिमकै डिमा पुन उत्कृष्ट सर्भरकी रुपमा घोषित भएको कार्यक्रमका अध्यक्ष कुलबहादुर छन्त्याल (कुशल)ले जानकारी गराएका थिए ।
प्रथम पुरस्कार पुरूषतर्फ नगद १ लाख, द्वितियलाई नगद ६० हजार र महिला तर्फ नगद ४० हजार र २५ हजारका साथै शिल्ड, मेडल र प्रमाणपत्र कार्यक्रमका प्रमुख अतिथि शारीरिक सुसंगठनका पूर्व राष्ट्रिय खेलाडी पदम श्रेष्ठ र विशेष अतिथि प्राज्ञ नगेन सिंह ठकुरी, अमृत फाउण्डेशनका प्रमुख अमृत गुरुङ लगायतले विजेतालाई पुरस्कृत गरेका थिए ।
उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले नेपालमा खेलको माध्यमबाट जिविकोपार्जन गर्न गाह्रो भएपनि स्थानीय सरकार आएपछि खेलाडीहरुले केही राहत पाएको बताएका छन्। “हामी खेल खेल्दा जर्सी, कलर तथा आवश्यक खानाको लागि समस्या हुन्थ्यो, केही फाइदामा हिड्नेहरुले खेलाडीहरुको पारिश्रमिक समेत नदिने गरेको पाइन्थ्यो, हाल स्थानीय सरकार आएपछि नियमित खेल प्रतियोगिता तथा सरकारबाट पनि विभिन्न विधामा सहयोग गर्दै आएको पाइएको छ, यो सुरुवातीले आगामी दिनमा खेलाडीहरुको जीवन रक्षा गर्ने आधार बन्न सकेमा मात्र खेल र खेलाडीहरुको भविष्य सुनिश्चित रहन्छ,” उनले भने ।
त्यसैगरी विशेष अतिथि सिंहले हरेक सामुदायिक विद्यालयमा खेलकुद शिक्षकको दरवन्दी राख्न सकेमा मात्र नेपालको खेलकुदलाई अन्तराष्ट्रिय स्तरमा भिड्न सक्ने दक्ष खेलाडी उत्पादन गर्न सहज हुने बताएका थिए।
भाद्र २२ गतेदेखि पोखरा ३ नदीपुरस्थित छन्त्याल समाजको खेलमैदानमा भएको उक्त प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ १० टिमको सहभागिता रहेको कार्यक्रम संयोजक मनोज खड्काले जानकारी दिए ।
सो कार्यक्रममा जापान गुरुङले समन्वयकारी भुमिका निर्वाह गर्नुका साथै राष्ट्रिय भलिवल रेफ्री एवम् माछापुच्छे गाउपालिका भलिबल संघका अध्यक्ष राम पुनप्रतियोगिताको रेफ्री संयोजक रहेका थिए ।
कुशल छन्त्यालको अध्यक्षतामा भएको कार्यक्रम पोखरा भलिबल टे्रनिङ सेन्टरका सञ्चालक तथा प्रशिक्षक मनोज खड्काको संयोजकत्वमा भएको थियो भने नविन छन्त्याललेसञ्चालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!