एमाले नेता पुनद्धारा पर्वतको हलहले आधारभुत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी वितरण - News site from Nepal

पर्वत-  पर्वतको मोदी गाउँपालिका वडा नं. ४ हलहलेमा अवस्थित हलले आधारभूत विद्यालयका आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई न्यानो कपडा, पोशाक, स्टेशनरी सामाग्री वितरण गरिएको छ ।
नेकपा एमालेका युवा नेता तथा जिल्ला कमिटि सदस्य जंगवहादुर पुन (बुद्ध)को विशेष पहलमा उक्त सामाग्री वितरण गरिएको हो । आफुले सानै उमेरदेखि अध्ययन गरेको विद्यालयको शैक्षिक अवस्था सुधार गर्नका लागि जाडो मौसमको समयमा न्यानो कपडा सहित विद्यार्थीहरुलाई आवश्यक स्कुले झोला, पोशाक र स्टेशनरी सामाग्री वितरण गरेको पुनले बताउनुभयो । उक्त सामाग्री नेता पुनले विद्यालयमै पुगेर वितरण गर्नुभएको हो ।


विद्यालयमा रहेका ३२ जना विद्यार्थीलाई स्वीटर, ७ जना विद्यार्थीलाई झोला र अन्य एक सय ५ जना विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण गरिएको हो ।
उक्त सामाग्री वितरणका लागि कुश्मा नगरपालिका वडा नं. का ६ वडा अध्यक्ष रुद्र गिरि, निर्माण व्यावसायी अर्जुन सुवेदी, नेपाल निजामती कर्मचारी संगठनका जिल्ला उपाध्यक्ष देबि पौडेल, युवा संघका नेता प्रदिप तिमिल्सिना र स्थानीय समाजसेवी देब पुर्जाले पनि सहयोग गर्नुभएको थियो । विपन्न बालबालिकाले अध्ययन गर्ने सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने सहयोगदाता पुनले बताउनुभयो । यस्ता सहयोगले विद्यार्थीहरुलाई थप हौसला मिल्ने विश्वास व्यक्त गर्दै आफुले अध्ययन प्रारम्भ गरेको विद्यालयको बिकासका लागि निरन्तर लाग्ने पुनले बताउनुभयो ।
कार्यक्रममा विव्यस अध्यक्ष पसबहादुर फगामी पुन, टोल सुधार समितिका अध्यक्ष पदमबहादुर पुन, स्थानीय समाजसेवी पदमबहादुर फगामी, समाजसेवी टेकबहादुर पुन, प्रसाद फगामी, केशब पुन, विद्यालयका शिक्षक लगायत स्थानीय अभिभावकहरुको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2022 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!