राप्रपाका राष्ट्रिय अध्यक्ष राजेन्द्र लिङ्देनले भदौ २८ गते कुश्मामा सम्बोधन गर्ने - News site from Nepal

पर्वत – राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार कुश्मामा सम्बोधन गर्ने भएका छन् । लिङ्देनले वर्तमान नेपाली राजनीतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यदिशाका वारेमा  मंगलवार विहान ९ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपा पर्वतले जनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी पर्वतद्वारा आइतबार कुश्मामा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै राप्रपाका पूर्व केन्द्रीय सदस्य तथा पूर्व जिविस सभापति ईच्छाबहादुर गुरूङले देशको राष्ट्रियता संकटमा परेकोले सबै राष्ट्रवादी शक्तिहरू मिल्नुपर्ने कुरामा जोड दिनुभयो । उहाँले दलीय व्यवस्थामा दललाई गाली गरेर भन्दा रूपान्तरणको लागि दवाव सिर्जना गर्नुपर्ने र त्यसका लागि नागरिक समाजको भूमिका महत्वपूर्ण हुने वताउनु भयो । नेता गुरुङले राजेन्द्र लिङ्देनको पर्वत आगमनसँगै राप्रपाको जनमतमा थप प्रभाव पर्ने दावी समेत गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी पर्वतका अध्यक्ष प्रभु गुरूङले राष्ट्रिय प्रजातन्त्र पार्टीको अबको मार्गचित्र संबैधानिक राजतन्त्र, हिन्दुराज्य र संघीयता खारेजी हुने उद्घोष गर्नुभयो ।

राप्रपा केन्द्रीय अध्यक्ष लिङ्देनले उक्त दिन मोदी गाउँपालिकामा राप्रपाको कार्यालय उद्घाटन गर्ने कार्यक्रम समेत रहेको राप्रपाका प्रदेश सचिव राजन गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!