पर्वतको फलेवास नगर कार्यपालिकामा विवाद, एमालेका जनप्रतिनिधिहरु आन्दोलित - News site from Nepal

पर्वत- पर्वतको फलेवास नगर कार्यपालिकामा रहेका नेकपा एमालेवाट निर्वाचित सदस्यहरु आन्दोलित बनेका छन् । नगरप्रमुखले बहुमत कार्यापालिका सदस्यको सहमति बिना झुक्याएर एकलौटी निणर्य गरेको भन्दै उनिहरु आन्दोलित बनेका हुन् ।
गत असोज १४ गते बसेको कार्यपालिकाको वैठकमा गरिएको निणर्य विपरित नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतले निणर्य विपरितका योजनाहरुमा भुक्तानी दिएको, एमालेका कार्यपालिका सदस्यहरुलाई माईन्युटमा लेखिएको निणर्यमा हस्ताक्षर नगराएको र माईन्युट पढ्न समेत नदिएको उनिहरुको आरोप रहेको छ ।
बिहीवार बसेको कार्यपालिका वैठकमा आधिकारीक माईन्युट लुकाएर नक्कली माईन्युटमा हस्ताक्षर गराएपछि एमाले निकट जनप्रतिनिधिहरुले बिरोध जनाएका छन् । फलेवास नगरकार्यपालिकामा एमालेको बहुमत रहेको छ । उनिहरुले कार्यपालिकाको माइन्यूट नै नियन्त्रणमा लिएर समस्याको निकास खोज्न माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्वतमा आइपुगेका छन् ।
कार्यपालिका सदस्य गंगानारायण श्रेष्ठले गठवन्धनवाट निर्वाचित जनप्रतिनिधि र प्रमुख प्रशासकिय अधिकृत नेत्र पौडेलले समेत एमालेवाट निर्वाचित कार्यपालिका सदस्यहरुलाई विभेद गर्ने, सहमित विपरित योजनाहरु खडा गरेर खरिद ऐन विनै भुक्तानी दिने, लगायत स्थानीय ऐन विपरितका कामहरु भएपछि विरोधमा उत्रिनुपरेको बताउनुभयो ।
उहाँले नगरपालिकाका सवै निणर्य, सवै कामहरु सवै जनप्रतिनिधिहरुको सहकार्य र सहमतिमा हुनुपर्ने बताउनुभयो ।
अर्का सदस्य नेत्र विकले सहमति विपरित गरिउको निणर्य तत्काल नसच्याएसम्म जस्तोसुकेै कदम पनि चालिने चेतावनी दिनुभयो । उहाँले तत्काल समस्याको निकास खोज्न नगरप्रमुखलाई आग्रह पनि गर्नुभएको छ ।
जनप्रतिनिधिहरुको टोलीलाई प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले नगरकार्यपालिकामा देखिएको समस्या सवैको रोहवरमा छलफल गरेर निष्कर्षमा पुगिने बताउनुभयो । उहाँले मेयर, उपमेयर र कार्यपालिका सदस्य सहित वैठक राख्ने र समस्याको समाधान खोज्न पहल गर्ने बताउनुभयो ।

फलेवासका प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद पौडेलले कुनै समस्या नरहेको बताउनुभयो । नगरसभाको निणर्य बमोजिमनै काम भैरहेको भन्दै पौडेलले एमालेका जनप्रतिनिधिहरुले कार्यालयको आधिकारीक डकुमेन्ट लिएर जान नहुने बताउनुभयो । उहाँले बसेर छलफल गरेर समाधान निकाल्न समेत सुझाव दिनुभएको छ ।
यता नगरपालिकाका प्रवक्ता अच्युत तिवारीले कार्यपालिकाका वैठकमा एजेण्डामा प्रवेशनै नगरी अन्य विषयमा विवाद झिक्न खोजेको बताउनुभयो । उहाँले कार्यपालिकाको माईन्यूटनै नियन्त्रणमा लिएर हिड्ने गैरकानूनी काम गरेको बताउँदै जनताको सेवामाथि ठुलो अन्तरघात गरेको आरोप समेत लगाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!