पर्वतको केरावारीमा गएको पहिरोले मालढुंगा-बेनी सडक अवरुद्ध - News site from Nepal

पर्वत –  लगातारको वर्षाका कारण माथिवाट खसेको पहिरोका कारण पर्वतको मालढुंगादेखि म्याग्दीको बेनी जोड्ने मालढुंगा-बेनी सडक अवरुद्ध बनेको छ ।
पर्वतको जलजला गाउँपालिका वडा नं. ७ धाईरिङको केराबारीमा सडक माथिवाट खसेको ठुलो पहिरोेले दिउँसो १ बजेदेखि सडक अवरुद्ध बनेको जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले जानकारी दिनुभयो । भिरको ठुलो ढिस्को नै खसेर अवरुद्ध भएकाले तत्काल बाटो खुल्ने सम्भावना नभएकाले बैकल्पिक रुट प्रयोग गर्न अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय पर्वतले केराबारीमा अवरुद्ध भएको सडक खुलाउनका लागि स्काभेटर र सुरक्षाकर्मीलाई पठाउने तयारी भैरहेको जनाएको छ । वर्षा नरोकिएकाले सडक खुलाउन समस्या भैरहेको प्रहरीले जानकारी दिएको छ ।
सडक अवरुद्ध हुँदा मुस्ताङ र म्याग्दीवाट लामो दुरीका लागि छुटेका सवारीसाधन पर्वतको मिलनचोकमा र अन्यत्रवाट छुटेका सवारीसाधन फर्सेमा अलपत्र बनेका छन् । मुस्ताङ जान हिडेका सयौ सवारीसाधन रोकिन आन्तरिक तथा बाह्य पर्यटक समस्यामा परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!