पर्वत–नेपाल तरुण दल पर्वतले शैक्षिक सामग्री वितरण गरेको छ । १ सय ९ औँ विपी जयन्तीका अवसरमा पर्वतको आर्थरमा रहेको पञ्चकोशी माविमा शैक्षिक सामाग्री वितरण गरिएको हो । विद्यालयका २ सय ५० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु कापी,कमल बितरण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी संविधानसभा सदस्य तथा नेपाली काँग्रेसका नेता अर्जुनप्रसाद जोशीले सो अवसरमा बोल्दै वीपी कोइरलाको सिद्धान्त ग्रामीण भेगका दिनदुखीको आवश्कता पुरा गर्नसके मात्रै सच्चा काँग्रेस भइने स्मरण गर्दै विगतमा आफुले आर्थरको विकासमा गरेको योग्दानको चर्चा गरेका थिए । उनले सो अवसरमा राजनीति गर्न नजान्दा जनताका सपना पुरागर्न नसकेको तर्फ केन्द्रित गर्दै भ्रममा पारेर जनतालाई नझुकाउन नेतृत्वलाई खबरदारी गरेका थिए ।
कार्यक्रममा बोल्दै नेपाल तरुण दल पर्वतका अध्यक्ष राज मल्ल ठकुरीले आफुरुले जनातालाई झुकाउन नजाने भन्दै इमान्दार हुनसक्नुपर्ने बताएका छन् । स्थानीय तहको निर्वाचनमा आफुहरुले बहुमत प्राप्त गर्न नसकाले आसन्न प्रदेश र संघको निर्वाचनमा आफ्नो पार्टीका प्रतिनिधिलाई विजयी गराउन सके जनचहाना अनुसार काम हुने सुनाए । शैक्षिक सामग्री वितरण कार्यक्रमा नेपाली काँग्रेसका उपसभापति शिव सुवेदीले संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले गरेका अधिकांश कामबाट जनताले संवैधानीक अधिकारका सेवाहरु पाएको भन्दै उहाँको त्याग र लगावको तुलना गर्न अनुरोध गरे ।
कार्यक्रममा पञ्चकोशी माविका प्रधानध्यापक प्रकाश सापकोटा,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा .वडाध्यक्ष रुद्रमोहन रिमाल लगायतले बोलेका थिए । कार्यक्रममा कुस्मा नगरपालिका ४ का वडाध्यक्ष दिनेश श्रेष्ठ,वडा नम्बर ७ का वडासदस्य अमृत ठकुरी,नेपाली काँग्रेसका कुस्मा नगर सभापति किशोर भण्डारी,नेपाली काँग्रेस प्रदेशका क्षेत्रीय सदस्य जानुका प्रधान,नेपाल निजामती कर्मचारी युनियन पर्वतका अध्यक्ष अर्जुन चापाँगाई,नेपाल तरुण दलका जिल्ला उपाध्यक्ष भाषकर जोशी लगायतले शैक्षिक सामग्री बितरणमा सहजिकरण गरेक थिए ।
नेपाल तरुण दल पर्वतका अध्यक्ष राज मल्ल ठकुरीको सभापतित्वमा भएको सो कार्यक्रमको संचालन सचिव सागर भूषालले गरेका थिए ।






