एमाले पर्वतद्धारा सातै पालिकामा बृहद बिरोध प्रदर्शन - News site from Nepal
एमाले पर्वतद्धारा सातै पालिकामा बृहद बिरोध प्रदर्शन

पर्वत- मुल्यवृद्धि, महङ्गी तथा भष्ट्राचार विरुद्ध नेकपा एमाले पर्वत बुधवार सडकमा उत्रिएको छ ।
नेकपा एमाले जनसंगठन परिचालन संयन्त्रको आयोजनामा नेता तथा कार्यकर्ताले कुश्माबजारमा प्लेकार्ड सहितको नारा बोकेर नारवाजी गर्दै कुश्माबजार परिकर्मा गरेका थिए ।
यसैगरी जिल्लाका सातवटै पालिकामा आन्दोलनका कार्यक्रम गरिएको छ । उनिहरुले गठबन्धनका कारण देश र राष्ट्रियता धरापमा परेको बताउदै अहिलेको सरकारले महङ्गी, भष्ट्राचार कालोबजारीलाई प्राथमिकता दिएको आरोप लगाउदै नाराबाजी सहित कुश्मा बजार परिक्रमा गरेका हुन् । एमाले कार्यक्रर्ताहरुले एसपिपि खारेज गर, राष्ट्रघाती नागरिकता विधेयक खारेज गर, अपरिपक्क शासक चाहिदैन, जनता मार्न पाइदैन, मुल्य वृद्धि नियन्त्रण गर र गठबन्धनको उपहार मूल्यवृद्धि, कुशासन र भ्रष्ट्राचार लगायतका नारा सहित बजार परिक्रमा गरेको छ ।


नेकपा एमालेले प्रदेशव्यापीरुपमा अहिलेको गठबन्धन बिरुद्ध प्रर्दशनमा उत्रने नीति अनुसार बुधबार पर्वतका सातै पालिकामा प्रर्दशन गरेको छ । एमाले विरोध प्रदर्शनपछि कोणसभामा बोल्दै नेकपा एमाले निकट खेलकुद महासंघका केन्द्रिय अध्यक्ष पर्सुराम बस्नेतले गठबन्धनको सरकार माफियाको चङ्गुलमा फसेको बताउनुभयो ।“अहिलेको गठबन्धन सरकार विदेशीको इशारामा चलेको छ, महङ्गीले देश आक्रान्त बनिसक्यो, तर यो सरकारले महङ्गी नियन्त्रण गर्नुको साटो कालोबजारीलाई बढाइ रहेको छ” बस्नेतले भन्नुभयो “एमाले पहिला पनि जनताको पक्षमा ओकालत गरेको थियो, अहिले पनि जनताको पक्षमै ओकालत गरिरहेको छ, जनताको चुलो बोल्न नसक्ने अवस्थामा गठबन्धनको सरकारले आसेपासेलाई बजेट पोसेको उहाँको भनाई छ ।
कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष राजु पौडेल, अनेमसंघकी नेतृ अम्विका शर्मा लगायतले बोल्नुभएको थियो । त्यसैगरी मोदी, जलजला, महाशिला, पैंयु, विहादी र फलेवासमा पनि विरोध सभा सम्पन्न भएको र ति ठाउँमा प्रदेश तथा जिल्ला स्तरीय नेताहरुले सम्वोधन गर्नुभएको एमाले जिल्ला सचिब गोविन्द पहाडीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!