महाशिलाको एफ.एफ. कृषि तथा बहुउद्धेश्यीय सहकारी संस्थाको साधारण सभा सम्पन्न - News site from Nepal

पर्वत – पर्वतको महाशिला गाउँपालिका–५ ज्यामिरेमा स्थापना भई संञ्चालनमा रहेको एफ.एफ. कृषि तथा बहुउद्धेश्यीय सहकारी संस्था दोस्रो साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष तिलक अधिकारीको अध्यक्षतामा सम्पन्न भएको साधारण सभाको बोल्दै प्रमुख अतिथिले सहकारीको कारोबारलाई अब्बल बनाउदै लैजानुपर्ने र शेयर सदस्य संख्याको बृद्धि जनमानसमा कृषि सहकारीको महत्वबारे बुझाउनु पर्ने कुरामा जोड दिनुभयो । अतिथि कृष्ण प्रसाद अधिकारीले सहकारीले बचतलाई ब्यबस्थित गरि निरन्तरता दिने, कृषकहरु स्वयम्ले पनि कृषि उपज उत्पादनलाई बृद्धि गर्नु पर्ने र सहकारीले कृषकको उत्पादनलाई संकलन र बजारीकरणको राम्रो प्रबन्ध मिलाउने पर्ने सुझाब दिनुभयो ।
संस्थाका अध्यक्ष तिलक जैसी अधिकारीले हालसम्म सहकारीले नेपाल भरि रहेको ३५ वोटा रेमिटान्स कम्पनी संग कारोबार गर्नको लागि सम्झौता गरेको, कृषि उपजलाई उचित मूल्य दिने र एक घर एक उत्पाद ,करेसा देखि भान्षासम्म कृषी उत्पादनलाई पु¥याउनको लागि संस्था आँफै खटेको बताउनु भयो ।
अधिकारीले आगामी माघ १ गते देखि संस्थाले आँफै पोखरा सिर्जना चोक पशुपति मन्दिर नजिकै बिक्रि कक्ष संचालन गरि यहाँका कृषक उत्पादनलाई बजारीकरण गर्ने तयारी पूर्ण भएको जानकरी गराउनु भयो ।
संस्थाका सचिब सागर थापाले आर्थिक वर्षा २०७७÷७८ को बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाका कोषाध्यक्ष बिष्णु अधिकारीले कृषक तथा शेयर सदस्यहरुलाई कृषि उत्पादनको लागि कर्जा, कृषि उपकरण , प्रबिधि र प्राबिधिक समेतको उचित ब्यबस्थापन गर्न संस्था दृढ भएर लागको कुराको जानकारी दिनुभयो । कार्यक्रममा संस्थाको कार्यलाई पोत्साहित गर्न कृषि उपज संकलन गराई सहयोग गर्नु हुने कृषक तथा शेयर सदस्य अनिता शर्मा , गोपिराज अधिकारी , तारादेवी जैसी, कृष्ण प्रसाद अधिकारी र शोभा देवी अधिकारीलाइ प्रशंसा पत्र प्रदान गरि सम्मान गरिएको थियो । कार्यक्रमको संचालन बिष्णु अधिकारीले गर्नु भयको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2022 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!