काठमाडौं : मंगलबार साँझ ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दैछ। अपराह्न ०५:११ बजे चन्द्रग्रहण लागेर नै उदय हुँदैछ ।
साँझ ०५ः१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्टरूपमा देखिने खगोलविद् डा. जयन्त आचार्यले जनाकरी दिए। साँझ ०६ः३४ बजे ग्रहण सकिनेछ। नेपालबाट एक घण्टा २३ मिनेट नेपालबाट ग्रहण देखिने छ।
बेलुकी ०५ः१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्ट रूपमा देखिने छ। बेलुकी ०५ः२७ बजे ग्रहणको उन्मिलन हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताए। बेलुकी ०६ः३४ बजे ग्रहण सकिन्छ। १ घन्टा २३ मिनेट नेपालबाट ग्रहण देखिने छ। चन्द्रग्रहणको ९ घन्टा अघिदेखि सूतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताए।
आज बिहान ०८ः११ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेकलाई भोजन निषेध गरिएको छ। बेलुकी ०६ः३४ बजे ग्रहण सकिएपछि मात्र भोजन गर्न हुने पनि उनले जानकारी दिए।
खग्रास चन्द्रग्रहण भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई अति कष्टदायक रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ।
चन्द्रमा उदय हुँदादेखि नै ग्रहण लाग्ने भएकाले यो ग्रहणलाई ग्रस्तोदित भनिएको खागोलविद् आचार्यले बताए। ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको पनि उनले जानकारी दिए।
यो ग्रहण चीन, जापान, कोरिया, क्यानडा आदि देशबाट देखिने छ। नेपाल, भारत, पाकिस्तान आदि देशबाट भने साँझमा चन्द्रमा उदाउँदा ग्रहण लागिरहेको देखिनेछ।
यसअघि कात्तिक ८ गते औँसीमा सूर्यग्रहण लागेको थियो। यसरी १५ दिनको अवधिमा दुई ग्रहण लागेको हो।
यो ग्रहण काठमाडौंको सामाखुसीस्थित तक्षशिला एष्ट्रोनमी क्लबले देखाउने व्यवस्था मिलाएको छ।






