पर्वतमा एमालेका यस्ता छन् उम्मेदवार, गठवन्धनको भागवण्डा टुंगियो, उम्मेदवार टुंगिन बाँकी - News site from Nepal

पर्वत- आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेकपा एमालेले पर्वतमा उम्मेदवार टुंगो लगाएको छ । एमालेले प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा केन्द्रीय सदस्य तथा पर्वतका सहइन्चार्ज पदम गिरीलाई उम्मदवारको रुपमा अघि सारेको छ । उहाँ अघिल्लो निर्वाचनमा पनि भारी मतले बिजयी हुनुभएको थियो ।
त्यसैगरी प्रदेश सभा क तर्फ त्यागी नेता भक्त कुँवरले टिकट पाउनुभएको छ । भने प्रदेश ख तर्फ मित्रलाल बस्याललाई उम्मेदवार बनाईएको एमाले पर्वतले जनाएको छ । पार्टीमा लामो समयदेखि संघर्ष गर्दै आउनुभएका कुँवर र बस्यालले टिकट पाएपछि एमालेका सवै नेता कार्यकर्ताहरुले सहि मुल्यांकन भएको प्रतिकृया समेत दिएका छन् । यसले तीनवटै सिटमा एमालेको जीत सुनिश्चित भएको उनिहरुको आँकलन छ । माथिवाट आधिकारीक जानकारी भने आईनसकेको जिल्ला सचिब गोविन्द पहाडीले जानकारी दिनुभयो ।
यसैबीच सत्ता गठवन्धन दलले पनि भागवण्डा टुंगो लगाएका छन् । तर उम्मेदवार भने टुंगो लागेको छैन । भागवण्डा अनुसार पर्वतवाट प्रतिनिधि सभा सदस्य नेपाली काँग्रेसलाई, प्रदेश सभा क मा माओवादी केन्द्र र ख मा नेपाली काँग्रेसले उम्मेदवारी पाउने भएका छन् । उम्मेदवारको टुंगो भने आज लाग्ने काँग्रेस श्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!