लायन्स क्लब अफ पर्वत गुप्तेश्वरको आयोजनामा डेंगु सचेतना कार्यक्रम सम्पन्न - News site from Nepal

पर्वत – लायन्स क्लब अफ पर्वत गुप्तेश्वरको आयोजनामा डेंगु विरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

पछिल्लो समय देशै भर डेंगुका बिरामी बढी रहेकाले पर्वतमा सामाजिक संस्था लायन्स क्लब अफ पर्वत गुप्तेश्वरले आमनागरिकलाई सचेत गराउन र यसबाट जोगिनका लागी उक्त कार्यक्रमको आयोजना गरेको हो । बुधबार र्याली,माइकिंग र पर्चा बितरण गरि पर्वत अस्पताल बाट शुरू गरिएको सचेना कार्यक्रम शिवालय चोकमा पुगेर समापन भएको लायन्स क्लब पर्वत गुप्तेश्वरले जनाएको छ ।
कल्पनाकुमारी शर्मा अध्यक्षतामा सम्पन्न कार्यक्रममा सो कार्यक्रमको उद्देश्य माथी क्लबका कार्यक्रम संयोजक उमाकान्त तिवारी विभिन्न विषयमा प्रकाश पार्नुभएको थियोे ।

त्यस्तै डेंगू रोग र यस्को रोकथामका उपायको बारेमा पर्वत अस्पतालका प्रमुख डाक्टर रुक्मिणी अधिकारीले बताउनु भएको थियो । कार्यक्रममा अन्य सर्वसाधारण ब्यक्तिहरुको उत्साहजनक सहभागिता रहेको थियो भने सो कार्यक्रमको संचालन सचिब सुमन्तनाथ सूबेदीले गर्नुभएको थियो ।
पछिल्लो समय डुंगुको संक्रमण नेपालभर बढ्दै गएको छ । डुेंगुको संक्रमणवाट थुप्रैको ज्यान समेत गईसकेको अवस्थामा यसको रोकथाम र नियन्त्रणका लागि विभिन्न क्षेत्रवाट सक्रियता बढ्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!