प्रहरी जवान राजेश विक बने साउन महिनामा पर्वतको उत्कृष्ट प्रहरी - News site from Nepal

पर्वत – जिल्ला प्रहरी कर्यालय पर्वतमा कार्यरत प्रहरी जवान राजेश विक सााउन महिनाको उत्कृष्ट प्रहरी घोषणा हुनुभएको छ ।
गण्डकी प्रदेश शसस्त्र प्रहरी गण मुख्यालय पोखरा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय पर्वतको अपराध अनुसन्धान कारबाही शाखामा कार्यरत प्रहरी जवान बि.क उत्कृष्ट बन्नुभएको हो ।
विकले प्रहरीको सांगठनिक नीति निर्देशन बमोजिम आफुलाई दिईएको जिम्मेवारी तथा पदिय दायित्वलाई ईमान्दारी, बफादारी तथा व्यवसायिक सुझबुझका साथ कर्तब्यनिष्ठ रहि पुरा गरेको प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
उहाँले जुवातास कसुरका व्यक्तिहरुलाई नियन्त्रण, धारिलो हतियार प्रहार गरी फरार रहेका अभियुक्तहरुलाई कानुनि दायरामा ल्याई उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै उत्कृष्ट प्रहरीको रुपमा नगद पुरस्कार र प्रसंसापत्र प्रदान गरिएको छ । जिल्ला प्रहरी कायालय पर्वतका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेले वेष्ट पुलिस अफ द मन्थ घ घोषणा गरी नगद पुरस्कार सहित प्रशंसा – पत्रद्धारा सम्मान गर्नु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!