फलेवासका २ वटा विद्यालयमा सचेतनामुलक नाटक प्रदर्शन - News site from Nepal
फलेवासका २ वटा विद्यालयमा सचेतनामुलक नाटक प्रदर्शन
रामचन्द्र भुसाल,
पर्वत –  फलेवास नगरपालिकाले लौंगिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन गरेको छ । सभ्य समाजको पहिचानः लैङगिक हिंसा विरुद्धको अभियान भन्ने नाराका साथ मंसिर ९ गतो नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी अभियानको शुरुवात गरीएको थियो ।
हिंसाको प्रतिकार गर्दै म हिंसा सहन्न, म हिंसा गर्दिन, हिंसा भए गरेको देखेमा प्रतिकार गर्छु भन्ने प्रतिवद्धाताका साथ उक्त अभियानलाई निरन्तरता दिईने उल्लेख गरीएको छ ।
फलेवास नगरपालिका भित्रका ११ वटै वडामा हिंसा विरुद्धका सचेतनामुलक नाटक प्रदर्श गरी हिंसा न्युनिकरणमा जोड दिईन मुख्य उद्धेश्यका साथ आज फलेवास नगरापालिकाको वडा नं १ कार्किनेटाको अन्पूर्ण मावि र वडा नं ३ शंकरपोखरीको त्रिभुवन माविमा विधार्थीहरुले नेपाली समाजभित्र हुने महिला हिंसा विरुद्धका सचेतनामुल नाटकहरु रोचक ढंगबाट प्रदर्शन गरेका थिए । नाटकमा मुख्यगरी दाईजो प्रथा, बोक्सि प्रथा, महिनावारी हुँदा महिलाहरुलाई गरीने व्यवहार, नेपाली समाजमा छोरा र छोरीविच गरीने विभेद, श्रीमानले श्रिमतिलाई दिने मानसिक तथा शारिरीक यातना लगायतका विषयहरु उठान गरीएको महिला तथा बालबालिका शाखाकि विष्णु कुमारी चापागाँई बताउनुभयो ।
वडा भित्रका उच्चतम विद्यालयहरुमा र समुदायस्तरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी अभियानलाई प्रमावकारी बनाउने कुरामा जोड दिइने महिला तथा बालबालिका शाखा प्रमुख आरति रेग्मिले बताउनुभयो । कार्यक्रममा नगरपालिकका नगरप्रमुख गंगाधर तिवारी, उपप्रमुख सोभा कुमारी क्षेत्री, पालिकाका विभिन्न शाखाका कर्मचारी, विद्यालयका शिक्षक तथा विद्यार्थीहरु, जनप्रतिनिधि, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम मंसिर २४ गतेसम्म सञ्चालन गरीने सरोकारवालाहरुको भनाई छ । भोली वडा नं ९ भंगरा लगायतका ठाउँमा सचेतनामुलक कार्यक्रम गरीने समयतालिका रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!