पर्वत – नेकपा एमाले पर्वतले जिल्लाका दुवै क्षेत्रमा प्रदेश सभमा उम्मेदवार बन्न आकांक्षीको नाम संकलन गरेको छ । प्र्रदेश सभाको उम्मेदवार बन्न क्षेत्र नं. १ मा १८ र २ मा १४ जना नेताहरु आकांक्षी देखिएका छन् । यद्यपी दुवै कमिटिले नाम भने सार्वजनिक गरेका छैनन ।
पर्वत क्षेत्र नं. १ को कुश्मामा सम्पन्न भेलामा १८ जनाले आकांक्षा देखाएका छन् । प्रत्यक्षमा ११ समानुपातीकमा ७ जनाले आवेदन दिएका हुन् । वैठकमा सहभागि एक नेताका अनुसार प्रदेश सभाको प्रत्यक्ष तर्फ मेघनाथ सुवेदी, गोविन्द पहाडी, भक्त कुँवर, जुना नेपाली, प्रकाश लामिछाने, शान्त पौडेल, यदु पौडेल, दाताराम चापागाई, हरिओम शर्मा लामिछाने, प्रेम पौडेल र विकास तिमिल्सिनाले आवेदन दिनुभएको छ भने समानुपातीक तर्फ प्रेमकुमार लामिछाने, मुगा पोखरेल, दुर्गाप्रसाद शर्मा, महेन्द्र जोशी, सुजन विक, सुर्यप्रसाद शर्मा र बुद्ध पुनले आवेदन दिनुभएको छ ।
त्यस्तै क्षेत्र नं. २ को भेला फलेवासमा सम्पन्न भएको छ । उक्त भेलामा प्रत्यक्ष तर्फ ५ जना र समानुपातीकमा ८ जनाले आवेदन दिएका छन् । क्षेत्र नंं २ मा प्रत्यक्ष तर्फ राजु पौडेल, मित्रलाल बस्याल, सुन्दर भुसाल, बिन्दु अधिकारी र कमल भुसालले उम्मेदवारको आकांक्षा राखेका छन् भने समानुपातिक तर्फबाट शारदा शर्मा, एक बहादुर हमाल, पुस्पराज पौडेल, कविता बिक, तुलकान्त सुनार, अनिल मास्के र झविकला भुसालले उम्मेदवारका लागि आवेदन दिएका छन् ।
दुवै क्षेत्रको आज विहान बसेर उम्मेदवार टुंगो लगाउने सहमति भएको एमाले पर्वतले जनाएको छ । यस अघि आयोजित भेलामा एमालेका केन्द्रीय सदस्य तथा पर्वत इन्चार्ज कल्पना चापागाई, सहइन्चार्ज पदम गिरी, प्रदेश तहका नेता तथा जिल्लाका नेताहरुले सम्वोधन गर्नुभएको थियो ।






