गठबन्धनका उम्मेदवारको घरदैलो कुश्माबजारमा - News site from Nepal
गठबन्धनका उम्मेदवारको घरदैलो कुश्माबजारमा

रोशन तिवारी
पर्वत- प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचन आउन १७ दिन बाँकी रहँदा पर्वतमा पाँच दलिय चुनावी गठबन्धनको प्रचारप्रसार तिव्र बनेको छ । निर्वाचनको प्रचारप्रसार, मतदाता भेटघाटका लागि घरदैलो गर्दै उम्मेदवारहरुको दौडधुप बाक्लिन थालेको छ ।
यसैक्रममा पर्वतको कुश्मा नगरपालिका वडा नम्बर ७ गोदाम, खरेया,दुर्लुङचोक, आचार्यटोल, कुश्मा नगरपालिका ६ का विभिन्न टोलमा घरदैलो भएको छ ।  निर्वाचन जित्नु र हार्नु प्राविधिक विषय भएपनि जनसेवा निरन्तर आफ्नो धर्मको विषय भएको प्रतिनिधीसभाका उम्मेदवार अर्जुनप्रसाद जोशीले बताउनुभएको थियो । उहाँले पर्वत जिल्ला सानो जिल्ला भएर पनि एउटा ऐतिहाँसिक भूमी रहेको भन्दै यहाँको संभवनालाई उजागर गर्नुपर्ने दायित्व बोकेर फेरि एकपटक साँसद बन्न चाहेको बताउनुभयो । स्थानीयले मत दिएर जितेपछि आफ्ना बाचा नभुल्न नेता जोशी र कुँवरलाई आग्रह गरेका थिए ।
जोशीले कुनै पनि हालतमा स्थानीयवासिन्दाको गुनासा आफुले नभुल्ने प्रतिबद्धता जनाउनुभयो । बिगतदेखि नै निस्वार्थ रुपमा जनताको सेवामा समर्पित भएको भन्दै जोशीले यसपाली साँसद बनेर जिल्लाको विकासमा विगत भन्दा धेरै काम गर्ने धोको लिएर चुनावी मैदानमा रहेको जोशीले बताउनुभयो । देश अप्ठयारो मोडमा हुँदा एकत्रित भएर समस्या समाधान गर्ने शक्तिहरुको बिचमा एकता गरि गठबन्धन गरिएकाले गठबन्धनका उम्मेदवार लाई जिताउन जोशीले अनुरोध गर्नुभएको थियो । स्थानीयले जोशीलाई जितेर गएपछि मन्त्री बनि जिल्लाको विकासमा योगदान गर्न आर्शिबाद समेत दिएका छन् ।
प्रदेशसभा ‘क’ का उम्मेदवार सुदीप कुँवरले गोलाकारभित्रको हँसियाहतौडामा मतदान गरि विजयी गराउन आग्रह गर्दै स्थानीयको आर्शिबाद ग्रहण गर्नुभएको थियो । बालबालिका देखि बृद्धाबृद्धसम्मको साहरा बनेर गठबन्धनले काम गर्ने कुँवरले बताउनुभयो । आफुहरु जिल्लाको विकास र जनसेवाका लागि भोट माग्न आएको कुँवरले बताउनुभयो । पर्वत जिल्ला धेरै संभावना भएको जिल्ला रहेको चर्चा गर्दै कुँवरले ती संभावनाहरुको उजागर गर्न गठबन्धनले जित्नुपर्ने कुँवरले बताउनुभयो । गोदाम र खरेयाका बासिन्दाहरुले दिएका सुझावहरु डायरीमा टिपेर राखेको बताउँदै कुँवरले चुनाव जितेपछि ति सबै बाचा र प्रतिबद्धता पुरा गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ ।
घरदैलो कार्यक्रममा संविधानसभा सदस्य गुणाखर बस्याल, नेपाली काँग्रेसका सहमहामन्त्री रामचन्द्र जोशी, प्रदेशसमिति सदस्य यामबहादुर मल्ल ‘रामकृष्ण’, सीता काफ्ले लामिछाने, नेकपा माओबादी केन्द्रका नगर अध्यक्ष शंकर गिरी, वडाका प्रतिनिधीहरु लगायत नेता कार्यकर्ताहरु सहभागी हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!