रवि लामिछाने पर्वतमा, गठवन्धन भनेको ठगवन्धन हो ः सभापति लामिछाने - News site from Nepal

पर्वत –  राष्ट्रिय स्वतन्त्र पार्टी नेपालका सभापति रबि लामिछानेले राजनीतिक दलहरुबीचको गठवन्धन मुलुकका लागि घातक हुने बताउनुभयो ।
पर्वत सदरमुकाम कुश्माबजारमा शनिवार आयोजित सो पार्टीको जिल्ला भेलालाई सम्वोधन गर्दै सभापति लामिछानेले विचार, सिद्धान्त र दर्शन नमिल्नेसँग गरिएको गठवन्धनले मुलुकलाई हित नगर्ने बताउनुभयो । यस्ता गठवन्धन मिलीजुली मुलुकलाई कंगाल बनाउनका लागि भएको उहाँको भनाई छ । सभापति लामिछानेले भन्नुभयो-‘विचार र सिन्द्धान्तन नमिल्नेबीच गरिएको गठवन्धन केवल ‘ठगवन्धन’ मात्र हो ।’ लामिछानेले दलिय सिण्डिकेट तोड्नका लागि पनि गठवन्धनलाई परास्त गर्नुपर्ने बताउँदै मुलुकलाई भड्खालोमा हाल्ने दलहरुको बिकल्पमा आफु राजनीतिमा कफन बाँधेरे निस्किएको बताउनुभयो । उहाँले पुराना दलहरु मिलिजुली खानेबाहेक मुलुकको हितको निम्ति केहि गर्न नसकेको बताउँदै अहिले देशको स्वाभिमान समेत कमजोर हुँदै गएको बताउनुभयो ।
उहाँले ठुला भाषण गरेर मात्र नभई जनताका साना साना काम गरेर देखाउने बताउँदै अन्य दलले जस्तो व्यवाहर राष्ट्रिय स्वतन्त्र पार्टीवाट नहुने बताउनुभयो । उहाँले बच्चा जन्मिने बित्तिकै काँग्रेस जन्मियो की कम्युनिष्ट भनेर छाप लगाउने गरेको भन्दै यस्तो प्रवृत्तिले नागरिकको स्वन्तत्रता कुण्ठित भएको बताउनुभयो । लामिछानेले आफु मुलुक र जनताको हितका लागि स्पष्ट खाका सहित राजनीतिमा होमिएको बताउँदै मुलुकलाई हरिकंगाल हुनवाट जोगाउन आफ्नो दललाई संसदमा पुर्‍याउन अपिल समेत गर्नुभयो ।
आफु राजनीतिमा देखिएको फोहोरलाई सफा गर्न आएको बताउँदै फोहोर गर्ने र सफा कोहो भनेर छु्ट्टाउन आग्रह गर्नुभयो । उहाँले आगामी निर्वाचनमा आफ्नो दलवाट उठाउँने उम्मेदवार अन्य दलको भन्दा योग्य, र गर्व गर्न लायक हुने बताउँदै परिवर्तन चाहानेले मत दिएर बिजयी गराउन आग्रह गर्नुभयो । उहाँले गलत काम गर्ने आफ्नो दलका उमेदवार तथा नेताबिरुद्ध खबरदारी गर्न आग्रह गर्दै आफै सम्वन्धित निकायमा कारबाही गर्न जाने ठोकुवा समेत गर्नुभयो ।
सवै क्षेत्रमा गुणस्तरीय र समान शिक्षा प्रणाली, गुणस्तरीय स्वास्थ्य सेवा, भ्रष्टाचार शुन्य मुलुक, विकास निर्माणमार्फत मुलुकलाई समृद्ध बनाउने आफ्नो दलको लक्ष रहेको बताउँदै लामिछानेले कोठाकोठामा मन्त्रालय राखेर दलका कार्यकर्ता पोष्नेलाई भन्दा काम गर्ने दललाई जिताउन समेत उहाँले आग्रह गर्नुभएको छ ।
कार्यक्रम जिल्ला सभापति नबराज भण्डारीको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!