पर्वत काँग्रेसको ‘जनताको साथमा काँग्रेस’ अभियान शुरु - News site from Nepal
पर्वत काँग्रेसको ‘जनताको साथमा काँग्रेस’ अभियान शुरु

पर्वत- नेपाली काँग्रेस पर्वतले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन लक्षित जनता संग काँग्रेस अभियान उद्घाटन गरेको छ ।
एक समारोहका बिचमा आज अभियानको शुरुवात गरिएको हो । नेपाली काँग्रेसको पार्टी कार्यालल वीपी स्मृति भवनमा कार्यक्रम गरेर १५ दिने अभियान शुरु गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरुले अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य चम्पादेवी खड्काले अभियान मार्फत पर्वतमा काँग्रेसको सरकारले विगतका गरेका कामहरुको प्रचार गर्न र जनताको बिचमा काँग्रेसको अवस्थाबारे वुझन सुझाव दिनुभयो ।
अभियानको क्रममा जनताको घरदैलोमा पुगेर पार्टीको तर्फबाट गर्नुपर्ने कामहरु र जनताका समस्याहरु बुझेर संगठन बलियो बनाउन खड्काले आग्रह गर्नुभयो ।
नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले अभियानलाई सफल बनाउन सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गर्नुभयो । जोशीले अभियान लाई कर्मकाण्डी नबनाइ प्रभावकारी रुपमा चलाउनुपर्ने आवश्यकता औल्याउनुभयो । नेता जोशीले काँग्रेसलाई भोट माग्दै जनताको दैलोमा नपुगी उहाँहरुको विश्वास जित्ने गरि प्रतिबद्धता जनाउन पनि सुझाव दिनुभयो । विगतमा नेपाली काँग्रेसले जनताका आधारभूत आवश्यकता पुरा गरेको बताउनुभयो । काँग्रेस लोकतन्त्र बचाउन लड्दै आएको भन्दै जोशीले लोकतन्त्र बचाउन काँग्रेसको सरकार आवश्यक रहेको बताउनुभयो ।
जिल्ला सभापति यूवराज जोशीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । सभापति जोशीले हरेक खाले निरकुंशता ढाल्न काँग्रेसले जित्न आवश्यक रहेको बताउनुभयो । टिकट जस्ले पाएपनि जिताउनुपर्छ भन्ने मान्यता लिएर गाउँमा जान र जनताको विश्वास जित्न नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङ, पूर्व सभापति खिमप्रसाद भुसाल, पूर्व सभापति नवराज गुरुङ, पूर्व साँसद ऋषिकेश तिवारी, प्रदेश साँसद ललितकला गुरुङ, फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारी, महाअधिबेसन प्रतिनिधी राजेन्द्र प्रसाद तिबारी,महाधिबेसन प्रतिनीधी बसन्त बहादुर सिके, प्रदेश सदस्य रमेश शर्मा पौडेल, क्षेत्रीय सभापती राजकुमार क्षेत्री ,पूर्व जिल्ला सचिव विश्वप्रकाश प्रसाई, प्रदेश प्रतिनिधी अजित क्षेत्री, पूर्व जिवि जिबिस उपसभापति राम शर्मा पौडेल, तरुण दलका अध्यक्ष एवं पैयुँका अध्यक्ष तोरण मल्ल ठकुरी, नेपाल महिला सघकी अध्यक्ष मुना शर्मा लामिछाने लगायतले बोल्नुभएको थियो ।
कार्यक्रमको स्वागत उपसभापति डा. चुडामणी शर्माले गर्नुभएको थियो भने धन्यबाद मन्तव्य उपसभापति शिवप्रसाद सुबेदीले गर्नुभएको थियो । सञ्चालन सचिव गुप्तनिधी शर्माले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!