पर्वतको ठुलीपोखरीमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न - News site from Nepal

पर्वत- विजया दशमी तथा दिपावलीको अवसर पारेर पर्वतको कुश्मा नगरपालिका-१२ ठुलीपोखरीमामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
वडा कार्यालयको आयोजनामा भएको कार्यक्रममा बोल्दै वडाध्यक्ष झलक रिमालले बडा दसैँ, दीपावली र छठ पर्वले सबैमा सुख शान्ति र समृद्धि प्राप्त होस भन्ने कामना व्यक्त गर्नुभयो । नेपालीहरु धार्मिक र साँस्कृतिक रुपमा धनी रहेको बताउँदै तिनीहरुको रक्षा गर्दै अर्को पुस्तालाई हस्तान्तरण गर्नु सबैको जिम्मेवारी रहेको बताउनुभयो । उहाँले समृद्ध ठुलीपोखरी निर्माणका लागि सवै वडाका सवै पक्षसँग आवश्यक समन्वय र सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य ढाकाराम गौतम, नेकपा एमाले जिल्ला कमिटि सदस्य गोकणर् सुवेदी, नेपाली काँग्रेसका नेता हेमराज सापकोटा, नेकपा एकीकृत समाजवादीका जिल्ला उपसचिब गणेश पौडेल, नेकपा एमालेका कुश्मा नगरकमिटि उपाध्यक्ष किशोर सापकोटा, नेकपा एमाले वडा कमिटि अध्यक्ष ढाकाराम सापकोटा, नेपाली काँग्रेसका वडा सभापति कुमार सुवेदी, पूर्व वडा अध्यक्ष राजेन्द्र पौडेल लगायतले बोल्नुभएको थियो ।
वडा अध्यक्ष झलक रिमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत वडा सचिब टिकाराम उपाध्याय, कार्यक्रम माथि प्रकाश वडा सदस्य खरि सुवेदी र संचालन सामाजिक परिचालक रमेश पौडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!