पर्वत- गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी पर्वतबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा सिफारिस हुनुभएको छ । माओवादी केन्द्रको जिल्ला समन्वय समितिको वैठकबाट अधिकारी प्रतिनिधि सभामा सिफारिस हुनुभएको हो ।
विहिबार सम्पन्न माओवादी केन्द्रको वैठकले अधिकारी सहित प्रतिनिधि सभामा अन्य ४ जनाको नाम पनि सिफारिस गरेको छ । अधिकारी यस अघि प्रदेश सभा क मा विजयी हुनुभएको हो । उनी बाम गठबन्धनको साझा उमेदवारको रुपमा कांग्रेसका नवराज गुरुङलाई पराजीत गरी प्रदेश सभामा विजयी हुनुभएको थियो । प्रदेश सभामा उहाँ शुरुवात समय देखि नै सभामुखको रुपमा कार्यरत रहनुभएको छ ।
अधिकारीसंगै प्रतिनिधि सभामा माओवादी केन्द्रले केन्द्रीय सदस्यहरु गुप्तबहादुर हमाल, गुणाखर बस्याल, जयनारायण तिवारी र गंगा तिमिल्सीनालाई पनि सिफारिस गरेको छ । बस्याल संविधान सभा सदस्य समेत हुनुहुन्छ । हमाल भरखरै सम्पन्न स्थानीय तहको निर्वाचनमा मोदी गाउँपालिका अध्यक्षमा पराजीत हुनुभएको थियो । भने उहाँ दोस्रो संविधान सभाको निर्वाचनमा कास्की जिल्लाबाट उमेदवार बन्नुभएको थियो ।
त्यसैगरी यसैगरी प्रदेश सभा क तर्फ सुदीप कुँवर, लोकराज आचार्य, लिला दवाडी, मिनराज केसी, विजय सापकोटाको नाम सिफारिस गरेको छ ।
प्रदेश सभा ख तर्फ सविन गुरुङ, उमाकान्त भुर्तेल, गगन थापा, रिसिराम भुषाल र प्रेम रानाको नाम सिफारिस गरेको छ ।






