पर्वतको खुर्कोटकी दृष्टिविहीन सीता परियारको पुनर्स्थापना - News site from Nepal

पर्वत – पर्वतको खुर्कोट निवासी दृष्टिविहीन सीता परियारलाई एक कार्यक्रमका विच पुनर्स्थापना गरिएको छ । आजभन्दा ६ वर्ष पहिले शिक्षादिक्षा र पालनपोषणको जिम्मा लिएको चिल्ड्रेन नेपालले उनका दाजु डिल्ले दर्जीको अभिभावकत्वमा आज जिम्मा लगाएको हो । कुश्मा नगर कार्यपालिकाको कार्यालयमा सम्पन्न भएको सम्क्षिप्त पुनर्स्थापना कार्यक्रमको अध्यक्षता चिल्ड्रेन नेपालका अध्यक्ष शान्त पौडेलले गर्नुभएको थियो । दृष्टिविहिन परियारको आर्थिक अवस्था कमजोर भएका कारण पठनपाठनबाट बन्चित भएको भन्ने समाचार कान्तिपुर दैनिकमा प्रकाशन भएको देखेपछि चिल्ड्रेन नेपालले परिवार संग सम्पर्क गरि उनको जिम्मा लिएको थियो ।
कुश्मा नगरपालिकाका उपप्रमुख स्वस्थानी रिजालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङ , प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य गणेश पौडेल , कुश्मा नगरपालिका वडा नं २ का वडा अध्यक्ष लालकृष्ण शर्मा, चिल्ड्रेन नेपाल बालबालिका शाखाका सहायक संयोजक महेन्द्र पौडेल लगायतको उपस्थिति रहेको थियो ।
कुश्मा नगरपालिका वडा नं २ खुर्कोटमा २०५१ सालमा जन्मिएकी परियारको ९ वर्षको उमेरदेखि दृष्टि गुमेको थियो । शारीरिक हिसाबले समेत फरक क्षमता भएका कारण सहजै हिँडडुल गर्न नसक्ने अवस्थामा रहेकी उनले अमरसिंह माध्यमिक विद्यालय पोखराबाट व्रेल लिपिमा माध्यमिक तहको अध्ययन पूरा गरेपछि चिल्ड्रेन नेपालको संरक्षकत्वमा स्नातक तहसम्मको अध्ययन सम्पन्न गरेकी छन् ।
संथाले आँफुलाई धेरै ठूलो गुन लगाएकोमा धन्यवाद दिँदै उनी भावविह्वल अवस्थामा कार्यक्रममा प्रस्तुत भएकी थिईन । परियारको आर्थिक अवस्था अत्यन्त नाजुक भएका कारण पुनर्स्थापना पछाडिको समय देखि कुश्मा नगरपालिकाले संरक्षकत्व प्रदान गर्ने उपप्रमुख रिजालले प्रतिबद्धता ब्यक्त गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!