पर्वत – नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले ३८ वटै जिल्लामा मतदान अधिकृत खटाएको छ । क्रियाशील सदस्य (नयाँ र नवीकरण) को नामावली सार्वजनिक गरेसँगै आगामी भदौ १८ गते हुने वडा अधिवेशन सहित जिल्ला अधिवेशन समेतको निर्वाचन गर्न केन्द्रीय निर्वाचन समितिले प्रतिनिधि खटाएको हो ।
केन्द्रीय निर्वाचन समिति संयोजक महादेव यादवले मतदान अधिकृतहरु शुक्रबार नै जिल्ला जाने बताए । मतदान अधिकृतलाई पार्टी विधान, निर्वाचन निर्देशिका, मतदाता सूची र प्रमाणपत्रसहित खटाइएको समिति संयोजक यादवले बताए ।
जस अनुसार पर्वतमा विश्वास आचार्यलाई खटाईएको नेपाली काँग्रेसले जनाएको छ । प्रतिनिधिहरुले शनिवारदेखिनै जिल्लामा वडा, पालिका र जिल्ला तहको निर्वाचनको तयारी गर्ने बताईएको छ ।






