प्रधानमन्त्री ओली फागुन १७ गते पोखरा आउँदै, बृहद कार्यकर्ता भेलालाई सम्वोधन गर्ने - News site from Nepal

पर्वत- प्रधानमन्त्री केपी शर्मा ओली यहि फागुन १७ गते पोखरा आउनु हुने भएको छ । नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) ओली समुहले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय बृहद कार्यकता भेलालाई सम्वोधन गर्न पोखरा आउनुहुने भएको हो ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुने भेलामा पार्टीको अवको कार्यदिशाबारे छलफल हुने छ । पार्टीभित्रको विवाद उत्पन्न भएपछि गत पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि नेकपा दुई समुहमा विभाजित भएको छ । एउटा समुहको नेतृत्व केपी ओली र अर्को समुहको नेतृत्व प्रचण्ड माधव नेपालले गर्नुभएको छ । प्रतिनिधि सभा विघटन सर्वोच्च अदालतले पूर्नस्थापना गरेको छ ।
प्रतिनिधि सभा पूर्नस्थापना भएपछि फागुन १५ गते पोखराको अमरसिंहचौरमा गर्ने भनिएको जनसभा स्थगित गरिएको थियो । संसद पूर्नस्थापना भएपछि काठमाडौ बाहिरको पहिलो कार्यक्रममा ओली सहभागी हुनुहुने छ । संसद पूर्नस्थापना,पार्टीको अवस्था र भुमिका लगायतका बारेमा ओलीले कार्यकतालाई जानकारी गराउनुहुने छ ।
संसद विघटनपछि अव देश कसरी अगाडी बढछ र अध्यक्ष एवं प्रधानमन्त्रीको भुमिका कस्तो ? हुन्छ भन्ने बारेमा नेकपा ओली र प्रचण्ड माधव समुहसंगै गैर कम्यूनिष्टहरुका वीच चासोको विषय बनेको छ । पोखरामा आयोजना हुने बेलामामा ओलीले कार्यकतालाई आफनो आगामी योजना बारे बताउने अपेक्षा गरिएको छ । कार्यकता भेला भब्य बनाउने गरी गण्डकी प्रदेश कमिटि जुटेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!