पर्वत- नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत स्थानीय तहको अधिवेशन चलिरहेको छ ।
पर्वतका सात स्थानीय तह मध्ये महाशिला र विहादीमा टुंगिईसकेको छ भने फलेवास नगरपालिका र कुश्मा नगरपालिकामा अहिले मतदान शुरु भएको छ । कुश्मा नगरपालिकाको सभापतिमा किशोर भण्डारी र यदुनाथ बास्तोलाबीच प्रतिस्पर्धा हुँदै छ भने फलेवास नगरपािलकामा हिरामणी सापकोटा र थमानसिंह थापाबीच प्रतिस्पर्धा हुँदै छ । विहादीमा विष्णुप्रसाद भुसाल र महाशिलामा उज्ज्वल गुरुङ सभापतिमा विजयी हुनुभएको छ ।
पैंयुमा आजदेखि चुनावी प्रकृया शुरु हुँदैछ भने मोदी र जलजलामा पनि निर्वाचन प्रकृया जारी रहेको छ ।






