पर्वत- नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले पर्वतको जिल्ला इन्चार्जमा गुप्तबहादुर हमाललाई तोकेको छ ।
भदौं ५ र ६ गते वसेको स्थायी समितिको वैठकले केन्द्रीय सदस्य समेत रहनुभएका हमाललाई जिल्ला इन्चार्जको जिम्मेवारी दिने निणर्य गरेको हो ।
पर्वतको राम्जा स्थायी घर भएका हमाल नेकपा कालमा समेत केन्द्रीय सदस्य रहनुभएको थियो । हमाल लामो समय देखि माओवादी आन्दोलनको जिल्लाको मुख्य नेतृत्वमा रहेर राजनीतिमा सक्रिय हुनुहुन्छ ।
आफु जिल्लाको इन्चार्ज भएपछि समग्र पार्टीको उत्थानमा निम्ति सक्रिय हुने र जिल्लामा पहिलो पार्टी बनाउन लागि पर्ने उहाँको भनाई छ ।






