पर्वत- नेपाल कम्यूनिष्ट पार्टी माओबादी केन्द्र पर्वतको पूणर् वैठक आज कुश्मामा सम्पन्न भएको छ । अदालतको आदेशले एमाले र माओबादी केन्द्रको एकता सकिएर पुरानै स्थितीमा फर्काएपछिको पहिलो बैठक भएको हो ।
बैठकमा पार्टीको आगामी कार्यदिशा, जनतामा जाँदा प्रस्तुत गर्ने कार्यनिती, नगरपालिका, गाउँपालिका तथा वडाको संगठन विस्तार लगायतका विषयमा बैठकमा छलफल भएको छ । यस्तै माओबादी केन्द्रले पार्टीको हैषियत २०६४ सालकै स्थितीमा फर्काउन हरदम प्रयास गर्ने निणर्य पनि बैठकले गरेको पार्टी जिल्ला कमिटी सदस्य एवं कुश्मा नगरकमिटीका अध्यक्ष शंकर गिरीले जानकारी दिनुभयो ।
उहाँले प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका संविधान विरोधी कदम र उनले छरेका भ्रमलाई चिर्न पार्टी पंक्ति जनताको बिचमा जाने निणर्य भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओबादीका ईन्चार्ज गुप्तवहादुर हमालले पार्टीलाई पुनजिर्वित बनाएर फेरि पनि देशको पहिलो शक्ति बनाउने कार्यदिशामा रहेको बताउनुभयो । उहाँले प्रधानमन्त्री ओलीकै सेटिङमा अदालतले राजनीतिक दल विभाजन गर्ने निणर्य गरेको भन्दै त्यसको भण्डाफोर गरिने बताउनुभयो । नेता हमालले जनताको साथ र सहयोगले पर्वतमा माओबादी २०६४ सालकै हैषियतमा फर्किने दाबी गर्नुभयो ।
कार्यक्रम नेकपा माओबादीका जिल्ला सचिव सुदिप कुँवरको अध्यक्षतामा सम्पन्न भएको थियो । बैठकमा संविधानसभा सदस्य गुणाखर बस्याल, प्रदेश कमिटी सदस्य गगन थापा, जिल्ला कमिटी सचिवालय सदस्य तथा कुश्मा नगर कमिटी अध्यक्ष शंकर गिरी लगायत गाउँ गाउँबाट आएका नेता कार्यकर्ताहरुले आफ्नो राय प्रस्तुत गर्नुभयो ।