पर्वतमा काँग्रेसको मतगणना जारी, झण्डै आधा गणना, जोशि ९१ मतले अगाडि - News site from Nepal

पर्वत –  पर्वतमा नेपाली काँग्रेसको मतगणना जारी रहेको छ । विहानदेखि शुरु भएको मतगणनामा अहिलेसम्म ५८५ मत गणना भएका छन् । जसमा सभापतिका उम्मेदवार युवराज जोशीको ३०७ प्राप्त गर्नुभएको छ भने यामबहादुर मल्लको पक्षमा २ सय १६ र मिलन सुवेदीको पक्षमा ५१ रहेको छ ।
अझै ६ सय मत गणना गर्न बाँकी छ । आजै राती सम्ममा परिणाम आईसक्ने निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै उपभापतिमा डा. चुणामणी शर्मा र शिव सुवेदीको अग्रता रहेको छ भने सचिबमा अशोक उच्चै ठकुरी, पानबहादुर मल्ल र गुप्तनिधि शर्माको अग्रता रहेको छ ।
सहसचिबमा अच्युत तिवारी र तिलकप्रसाद भुसालको अग्रता देखिएको छ । त्यस्तै महाधिवेशन प्रतिनिधिको ५० मत गणनाको परिणाम केहि वेरमा सार्वजनिक हुँदै छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!