पर्वतमा जनगणना सकियो, आज अन्तिम दिन घुमन्ते, फिरन्तेको गणना गरिँदै - News site from Nepal

पर्वत- पर्वतमा जनगणना २०७८ सम्पन्न भएको छ । गत कात्तिक २५ गतेदेखि शुरु भएको जनगणना आज सकिएको हो ।
जिल्लाका सवै घरधुरीमा पुगेर ३ सय २१ जना गणक र ६१ जना सुपरिवेक्षकले विवरण संकलन कार्य सम्पन्न गरेको जिल्ला जनगणना कार्यालय पर्वतले जनाएको छ ।
मेरो गणना मेरो सहभागिता भन्ने नारा सहित शुरु भएको जनगणना जिल्लाका दुई नगरपालिका र ५ गाउँपालिकामा सम्पन्न भएको जिल्ला जनगणना अधिकारी ज्योती केसीले जानकारी दिनुभयो । उहाँका अनुसार आज अन्तिम दिन सडक, बालबालिका, घुमन्ते, फिरन्ते, साधु, जोगी, माग्ने वा त्यस्तै प्रकारका व्यक्तिहरुको गणना गरिने भएको छ ।
जो जहाँ भेटिन्छ सोहि स्थानमा गणना गरिने पनि केसीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!