पर्वतमा स्थगित भएको मतगणना भोली विहान ७ बजेदेखि शुरु गर्ने सहमति - News site from Nepal

पर्वत- नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत पर्वतमा मतपत्रको डिजाइनबारे विवाद आएपछि रोकिएको मतगणना पुनः सुचारु गरिने भएको छ । भोली विहान ७ बजेदेखि मतगणना सुचारु गरिने भएको हो ।
विधान बमोजिमनै महिलाहरु निर्वाचित हुन पाउने सहमति भएपछि आज विहानदेखि रोकिएको मतगणना भोली विहानदेखि सुचारु गर्ने निणर्य भएको निर्वाचन सहायक हरिनारायण रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार कानूनी रुपमा कुनै समस्या नभएपनि उम्मेदवारहरुले विषय उठाएपछि रोकिएको हो । तर निर्वाचन कानून अनुसारनै हुने भएकाले भोली विहानदेखि जिल्ला र महाधिवेशन प्रतिनिधि दुवैको मतगणना गरिने उहाँले बताउनुभयो । मतपत्रमा महाधिवेशन प्रतिनिधिका रूपमा उम्मेदवार रहेका महिला र पुरुषलाई फरक-फरक कोलममा नराखेर एकै ठाउँमा राखिएका कारण विवाद भएको थियो ।
विवाद गर्ने दुई पक्षमा महिला र पुरुष रहेका थिए । मतपत्र बनाउँदा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा खुल्ला र खस आर्यतर्फ पुरुष र महिलाको छुट्टाछुट्टै महल बनाएर मतपत्र प्रकाशित नगरिँदा प्रतिनिधिका रूपमा जाने पुरुषका लागि दुईजना कम हुने भएको भन्दै विवाद भएको हो ।
खुल्लातर्फ चारजना महिलाका लागि छुट्टै महल बनाउनुपर्ने र खुल्ला पुरुष १० पदका लागि छुट्टै महल बनाउँदा महिला र पुरुषका लागि तोकिएका सङ्ख्या मिल्ने अवस्थामा महिला र पुरुषको नाम एउटै महलमा लगातार राख्दा पुरुषको सङ्ख्या कमी हुने आवाज उठेपछि रोकिएकोमा विधान बमोजिम नै ४ महिला र १० पुरष निर्वाचित हुने सहमति गरिएको निर्वाचन समितिले जनाएको छ । केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चारजना महिला चयन हुनुपर्नेमा ६ जनाको उम्मेदवारी परेको छ। जसका कारण महिलाका लागि तोकिएको चारजनाभन्दा दुई सङ्ख्या बढी भई ६ जना छनोट हुने तथा १० जना पुरुषका लागि रहेको सङ्ख्यामा ८ मात्रै हुने भन्दै उनीहरूबीच विवाद देखिएको हो ।
यस्तै खस आर्य समूहमा पनि तीनजना महिलाका लागि छुट्टै महल हुनुपर्नेमा खस/आर्यतर्फ पनि पुरुष र महिलाको एउटै महलमा नाम राखिएको छ। आज विहानसम्म दुई सय मत गणना भएका छन्। जसमा सभापति पदमा युवराज जोशीले एक सय एक, याम बहादुर मल्ल (रामकृष्ण) ले ८० र मिलन सुवेदीले १४ मत पाएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!