पर्वतमा नेपाली काँग्रेसको मतगणना स्थगित, मतपत्र छपाईमा गम्भीर त्रुटि, जिल्ला कार्यसमितिको गणना ८ घण्टापछि शुरु - News site from Nepal

पर्वत –  पर्वतमा नेपाली काँग्रेसको मतगणना स्थगित भएको छ । मतपत्र छपाईका क्रममा त्रुटि भएपछि मतगणना स्थगित भएको हो । केन्द्रीय महाधिवेशन प्रतिनिधिमा खुल्ला र खस आर्य तर्फ पुरुष र महिलाहरुको छुट्टाछुट्टै महल बनाएर मतपत्र प्रकाशित गर्नुपर्नेमा एकै ठाउँमा राखेर छापिएपछि विवाद भएको हो ।
विधान विपरित मतमत्र प्रकाशित भएकाले समस्या उत्पन्न भएको निर्वाचन समितिले जनाएको छ । खुल्ला तर्फ ४ जना महिलाका लागि छुट्टै महल बनाउनुपर्ने र खुल्ला पुरुष १० पदका लागि छुट्टै महल बनाउनुपर्ने भएपनि एउटै महल बनाएर १४ जनालाई मत हाल्न लगाईएको थियो । जसमा चार जनाभन्दा बढि महिलाले बढि मत प्राप्त गरेको खण्डमा उनिहरुलाई राख्न नमिल्ने र पुरुषको संख्या १० जनानै हुनुपर्ने भएपछि समस्या उत्पन्न भएको हो । खुल्ला महिलामा महिलाहरुबीच प्रतिस्पर्धा गराउनुपर्नेमा संगोलमा गराईएको भन्दै विरोध भएको हो ।
अर्कोतर्फ खस आर्य समुहमा पनि तीन जना महिलाको छुट्टै महल हुनुर्नेमा खसआर्य तर्फपनि पुरुष र महिलाको एउटै महलमा नाम राखिएको छ । यो विधान विपरित र यसले नतिजामा फरक पार्ने भन्दै उम्मेदवारहरुले बिरोध जनाएपछि मतगणना रोकिएको हो । विहान ९ बजेदेखि रोकिएको मतगणना अझै शुरु हुन सकेको छैन । निर्वाचन समितिका अनुसार मतपत्रमा सहमती गराउने प्रयासवारे छलफल भैरहेको छ ।
जिल्ला कार्यसमितिको मतगणना भने ८ घण्टापछि भर्खरै शुरु भएको छ । अहिलेसम्म २ सय मत गणना भएका छन् । जसमा सभापतिमा युवराज जोशीले २१ मतले लिड गरिरहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!