विधि र पद्धतिको चर्को रटान गर्नेहरुलेनै विपक्षीलाई सत्ता सुम्पिए : सांसद गिरी - News site from Nepal

पर्वत-  नेकपा एमाले कुश्मा नगरकमिटिको पुर्ण वैठक सोमबार सम्पन्न भएको छ ।
जिल्ला कमिटी अध्यक्ष पदम गिरीको प्रमुख आतिथ्यतामा सम्मन्न भएको बैठकले विभिन्न विषयहरुमा छलफल गर्दै महत्वपूर्ण निर्णयहरु गरेको छ ।  सांसद गिरीले पार्टीका ईमान्दार कार्यकर्ताको रगत पसिना र वलिदानीबाट हुर्किएको पार्टी नेकपा एमाले सिमित अराजक भिडबाट जोगिदै पार्टी जीवनका विभिन्न गतिविधिहरुमा क्रियासील रहेको बताउनु भएको छ । उहाँले विधि र पद्धतिको चर्को रटान गर्नेहरुलेनै विपक्षीलाई सत्ता सुम्पिने र पार्टीको हुर्मत लिने कुकर्ममा अभ्यस्त रहेको कुरा स्मरण गराउँदै पार्टी भित्र पछिल्लो समय सृजीत घटनाक्रमहरुको इतिहासले निर्मम समीक्षा गर्ने वताउनुभएको छ ।
एमाले पार्टी कार्यालय कुश्मामा सम्पन्न बैठकमा प्रदेश कमिटी सदस्य बिकास लम्साल, प्रदेश कमिटी सदस्य मनोहर वि पौडेल , मेघनाथ सुवेदी , देवेन्द्र पाण्डे लगायत अतिथिहरुले मन्तब्य राख्नुभएको थियो । बैठकमा जिल्ला कमिटी उपसचिव गोविन्द पहाडीले जिल्ला पार्टी निर्देशन साथै भावि कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । गण्डकी प्रदेश सभा सदस्य जुनादेवी नेपाली,  सचिवालय सदस्य शिव प्रसाद पौडेल, शेषराज रेग्मी, साथै जिल्ला कमिटीका सदस्यहरु उपस्थित रहेको बैठकमा नगर कमिटी सदस्यहरु साथै नगरपालिकाका १४ वटै वडाका नेताहरुको प्रतिनिधित्व रहेको थियो ।
कुश्मा नगर कमिटीका अध्यक्ष मीन प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकको सञ्चालन सचिव गणेश पौडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!