पर्वतमा यसरी मनाईयो विपि स्मृति दिवस, विपिको राजनीतिक योगदानबारे चर्चा - News site from Nepal

पर्वत- नेपाली काँग्रेसका संस्थापक तथा पूर्व प्रधानमन्त्री वीपी कोइरालाको ३९ औँ स्मृति दिवश आज पर्वतमा एक कार्यक्रमको आयोजना गरि मनाईएको छ ।
वीपी स्मृति भवनमा वीपीको राजनीतिक योगदान र अहिलेका पुस्ताहरुले उहाँबाट सिक्नुपर्ने पाठका बारेमा वक्ताहरुले आफ्ना धारणा राख्नुभयो भने कोइरालाको फोटोमा माल्यार्पण गर्नुभयो । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस पर्वतका पूर्व पार्टी सभापती नवराज गुरुङले वीपीको आदर्श राजनीति र दुरदर्शी सोच अहिलेका पुस्ताका लागि अनुकरणीय रहेको बताउनुभयो ।
वीपी पद र प्रतिष्ठाका लागि नभई जनताको हितमा संधै लागिरहने एक युगपुरुष रहेको स्मरण गर्दै गुरुङले अहिलेका पुस्ताले पनि उहाँको आदर्शलाई पच्छाउन जरुरी रहेको नेता गुरुङले जोड दिनुभयो ।
कार्यक्रममा कोषाध्यक्ष एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल, महासमिति सदस्य बसन्तबहादुर सिके, महाधिबेशन प्रतिनिधी एवं कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, महासमिति सदस्य राधाकुमारी कुँवर क्षेत्री, जिल्ला सदस्य देबीप्रसाद विलासी, डा. चुडामणी शर्मा, कुलप्रसाद पाध्या, शिवप्रसाद सुबेदी, ईश्वरी पाठक, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य छविलाल तिवारी, नेपाली काँग्रेस पर्वतका पूर्व कोषाध्यक्ष कृष्ण गौँडेल, कोभिड १९ अनुगमन समितिका पर्वत संयोजक राजकुमार क्षेत्री, नेपाल ट्रेड यूनियन काँग्रेसका अध्यक्ष सुरेन्द्र केसी लगायत सहभागीहरुले वीपीको व्याक्तित्वको चर्चा गर्दै उहाँ प्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले नेपाली काँग्रेसमा एकताको आवश्यकता रहेको पनि बताए । नेपाली काँग्रेसको १४ औँ महाधिबेशन तोकिएकै समयमा हुनुपर्ने र असल व्याक्ति नेतृत्वमा आउनुपर्ने पनि नेता कार्यकर्ताहरुले बिचार व्यक्त गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!