पर्वतको देउपुरका वडाअध्यक्ष आफै पिपिई लगाएर शब दाहसंस्कारमा सक्रिय - News site from Nepal

पर्वत  –  पर्वतको मोदी गाउँपालिका २ देउपुरका वडा अध्यक्ष विकास तिमिल्सिनाले कोरोना संक्रमित परिवार भित्रका मृतकको आँफै खटिएर दाहसंस्कार गर्नुभएको छ ।
शनिवार बिहान मृत्यु भएकी स्थानीय ८० वर्षिया बृद्धाको शव तिमिल्सिनाले आफै पिपिई लगाएर व्यवस्थापन गर्नुभएको हो । अध्यक्ष तिमिल्सिनाले पीपीई लगाएर ति बृद्धको शव बोकेर घाटसम्म पुराएर दहासंस्कार गरेको बताउनुभयो । नेपाली सेनाले शव व्यवस्थापनको जिम्मा लिएपनि सेनाको व्यारेक सदरमुकाम कुश्मामा छ । सेना परिचालन गर्दा उनीहरुका लागि सवारी साधान, स्वास्थ्य उपकरण व्यवस्थापन लगायत जुटाउनुपर्ने कारणले वडाध्यक्ष आँफैले शव व्यवस्थापनमा सक्रिय रुपमा लागेको बताउनुभयो । बृद्ध महिलाको छोरा र नातीमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । तर मृतक महिलाको भने कोरोनाका लक्षण देखिएपनि परिक्षण नगर्दै मृत्यु भएको मोदी गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
स्वास्थ्य शाखा प्रमुख उमेश अधिकारीका अनुसार कोरोनाका कारण मोदीमा होम आईसोलेसनमा मृत्यु हुनेको संख्या धेरै छ । नेपाल प्रहरीवाट अवकास प्राप्त भएको २ महिनामै वडा अध्यक्षमा निर्वाचित हुनुभएका तिमिल्सिनाले गाउँका हरेक काममा सक्रियता देखाउँदै आउनुभएको छ । शब दाहसंस्कारमा समेत उहाँको सक्रियता देखिएपछि सामाजिक संजालमा उहाँको निकै प्रसंसा समेत भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!