पर्वतमा अनेरास्ववियूको सक्रियता – काफलचौरमा नृत्य, जनक माविमा हाजिरीजवाफ प्रतियोगिता - News site from Nepal

पर्वत – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विध्यार्थी यूनियन अनेरास्ववियु जनक मा वी प्रारम्भिक कमिटी पिपलटारीले अन्तर सदनात्मक हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियु पर्वतका विध्यार्थी नेता प्रभु सुवेदीले यस यस्ता कार्यक्रमले विध्यार्थीको शैक्षिक ,सामाजिक एवम् बौद्विक पक्षमा विकास गर्ने बताउनुभयो । सुवेदीले आगामी दिनहरूमा पनि यस प्रारम्भिक कमिटीले यस्ता रचनात्मक कार्यहरू गर्दै जाने र त्यसको लागी आवश्यक साथ सहयोग को लागी आफु पुणर् प्रतिबद्व रहेको बताउनुभयो ।
साथै उक्त कार्यक्रमा प्रथम, द्वित्तिय र तृतिय स्थान हासिल गर्ने विध्यार्थीहरूलाई मेडल र प्रमाणपत्र पनि वितरण गरीएको थियो । जनक माविका प्रधानाध्यापक टेकनाथ सुवेदीको प्रमुख आतिध्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता प्रारम्भीक कमिटि अध्यक्ष विन्दु लामिछाने र संचालन सचिब साहिल सुवेदीले गर्नुभएको थियो ।
यसैगरी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विध्यार्थी युनीयन अनेरास्ववियु काफलचौर मा.वी प्रारम्भिक कमिटी दुर्लुङको आयोजनामा नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
अनेरास्ववियु काफ्लचौर माविकि अध्यक्ष सवित्रि पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि विद्यालयका प्राधानाध्यापक प्रकाश तिमिल्सिना रहनुभएको थियो ।
कार्यक्रममा अनेरास्ववियु पर्वत विद्यार्थी नेता सुजन पौडेलले विद्यार्थीहरूले नेत्तृव गर्न सके समाज, गाउँ, र देश बिकास सम्भव हुने बताउँदै आगामी दिनहरूमा पनि विद्यार्थीहरूकै नेतृत्वमा रचनात्मक कार्यक्रम सञ्चालन गर्दै जाने बताउनुभयो । कार्यक्रमको सञ्चालन कमिटिका सचिव राजिव रिमाले गर्नुभएको थियो ।
कक्षा १ देखि ६ सम्मको नृत्य प्रतियोगितामा प्रथम स्मृति विक, दितिय सजिना विक र अन्जली सार्की तथा तृतिय रसनि भारती हुनुभएको थियो भने ७ देखि १२ सम्मको प्रतियोगितामा प्रथम सन्जिता सुनुवार, द्धितिय रमिला पुन, तृतिय अनिता विक, निकिता गुरुङ, समिक्षा सार्की, र सान्त्वना मुस्कान गुरुङ हुनुभएको थियो । कार्यक्रममा प्रथम ,द्वितीय ,तृतिय र सान्त्वना लाई मेडल र प्रमाण पत्र बितरण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!