एमालेको निष्कर्ष : देउवालाई विश्वासको मत दिने आफ्ना सांसदहरू एमालेमा रहँदैनन् - News site from Nepal

काठमाडौं : नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने आफ्ना सांसदहरू एमालेमा नरहने निर्णय गरेको छ।
आजै बसको स्थायी कमिटीको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने बारेमा छलफल भयो। हामी प्रतिपक्षमा रहन्छौं, सरकारलाई समर्थन गर्दैनौँ, विश्वासको मतको विपक्षमा मतदान गछौँ।’
माधव नेपाललाई भेट गरेर एकताको पक्षमा उभिन आग्रह गर्दा नमानेको उनले बताए। उनले भने, ‘उहाँसँग भेट गरेका थियौँ। पार्टी एकताको रक्षाको लागि प्रयास छ। तर, उहाँले विश्वासको मत दिने पक्षमा कुरा गर्नुभयो। अल्पमतको पार्टी कमिटीको निर्णयलाई मानेर अघि जाने नसक्ने बताउनुभयो।’

जस्तोसुकै परिस्थितिमा आए पनि देउवालाई विश्वासको मत दिने एमालेमा नरहने उनले बताए। ‘पार्टीलाई एकताबद्ध बनाएर अघि जाने पक्षमा उहाँलाई देखेनौँ। जस्तोसुकै परिस्थितीमा देउवाको पक्षमा मतदान गर्ने एमाले रहँदैनन्’ प्रवक्ता ज्ञवालीको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!