पर्वत- नेकपा एमालेले केन्द्रीय कमिटिका सदस्यहरुको जिम्मेवारी बाँडफाँड गरेको छ । गत मंसिर २५ र २६ गते बसेको केन्द्रीय किमिटि बैठकले सवै पदाधिकारी तथा सदस्यहरुको जिम्मेवारी वाँडफाँड गरेको हो ।
जसअनुसार पर्वतको इन्चार्जमा कल्पना चापागाई र सह इन्चार्जमा पदम गिरी रहनुभएको छ । चापागाई संविधानसभा सदस्य हुनुहुन्छ भने गिरी एमाले पर्वतका जिल्ला अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य समेत हुनुहुन्छ । दुवै जना पर्वतकै भएकाले इन्चार्ज र सहइन्चार्ज को जिम्मेवारी दिईएको हो । केन्द्रीय सदस्यमा मनोनित भएपछि पदम गिरीले जिल्ला उपाध्यक्ष भक्त कुँवरलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने तयारी गर्नुभएको छ ।
आगामी जिल्ला अधिवेशन भने गिरीकै अध्यक्षतामा सम्पन्न हुनेगरी पार्टीले अपानी समेत जारी गरेको छ । एमालेले पुस २३ गतेका लागि जिल्ला अधिवेशनको मिति तय गरेको छ ।
यसैगरी बागलुङको जिल्ला इञ्चार्जमा गोविन्द नेपाली, म्याग्दी जिल्ला इञ्चार्जमा भूपेन्द्र थापा र मुस्ताङ जिल्ला इञ्चार्जमा चन्द्रमोहन गौचनलाई जिम्मेवारी तोकिएको छ ।






