पर्वत- पर्वतको मोदी गाउँपालिकाको केन्द्र देउपुर पातीचौरमा विरोध प्रर्दशन गरिएको छ । नेपाली काँग्रेस मोदी गाउँकार्यसमितिको आयोजनामा नेपाली काँग्रेस जिल्ला कार्यसमितिले तोकेका प्रतिनिधी गंगाधर तिवारीको नेतृत्वमा र्काक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका जिल्ला सचिव विश्वप्रकाश प्रसाईले नेकपाका कारण देश संकटमा परेको बताउनुभयो । प्रसाईले लोकतन्त्रका लागि लड्दै आएको काँग्रेस कम्यूनिष्ट लाई परास्त गर्न सक्षम रहेको चेतावनी दिनुभयो ।

सो अवसरमा नेपाली काँग्रेसका महासमिति सदस्य तथा संगठन विभागका केन्द्रीय सदस्य गंगाधर तिवारीले काँग्रेसलाई एकढिक्का बनाउन आवश्यक रहेको र सबै कार्यकर्ताहरुलाई एकताका साथ लाग्न आग्रह गर्नुभयो । अहिलेको घटनाले नेपाली काँग्रेसलाई फाईदा पुगेपनि लोकतन्त्रमाथि घात भएको भन्दै यो असंवैधानिक कदमको विरोधमा आन्दोलनलाई शसक्त बनाउँदै जानुपर्ने बताउभयो । उहाँले निर्वाचनवाट काँग्रेस नभाग्ने बताउँदै अदालतको निणर्यलाई सम्मान गर्दै पार्टीका गतिविधिहरुलाई अघि बढाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य ललितकला गुरुङले केपी शर्मा ओलीको असंबैधानिक कदम नसच्चिएसम्म काँग्रेसले संघर्ष गरिरहने बताउनुभयो । महासमिति सदस्य मिना केसीले जुनसुकै तानाशाहको पनि जनताको आन्दोलनले परास्त भएको भन्दै केपी ओलीको तानाशाही प्रवृति परास्त हुने दाबी गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य रामवहादुर प्रसाई जीवन, जिल्ला सदस्य कुलवहादुर पुन, नेपाल महिला संघका केन्द्रीय सदस्य जोगमायाँ प्रसाई, बाजुङका सभापती मानबहादुर अधिकारी, राम्जादेउरालीका सभापति नारायण गौतम, तिलाहारका यूवा नेता दीपेन्द्रजंग लामिछाने,तरुणदल मोदीका अध्यक्ष निर्देश लामिछाने, नेविसंघ मोदीका अध्यक्ष नविन पौडेल लगायतले बोल्नुभएको थियो ।
कार्यक्रम मोदी गाउँपालिकाका सभापति जीवनाथ शर्माको सभापतित्वमा भएको थियो भने कार्यक्रमको सञ्चालन नेपाली काँग्रेस देउपुरका पूर्व सभापती देवराज गिरीले गर्नुभएको थियो ।






