माधव नेपालले गलत बाटो रोज्नुभयो ः एमाले नेता भट्टराई - News site from Nepal
माधव नेपालले गलत बाटो रोज्नुभयो ः एमाले नेता भट्टराई

पर्वत- नेकपा एमालेका सचिब योगेश भट्टराईले सत्तरी वर्षमा लौरो टेकेर संघर्ष सफल नहुने बताउनुभएको छ ।
माधवकुमार नेपालप्रति कटाक्ष गर्दैै भट्टराईले उक्त कुरा बताउनुभएको हो । नेकपा एमाले पर्वतले आज कुश्मामा आयोजना गरेको बृहद कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भट्टराईले माधवकुमार नेपाल बुढेसकालमा लौरो टेकेर संघर्ष गर्न खोज्नु अशोभनीय हुने बताउनुभयो । आफ्नै दलमा बसेर संघर्ष गर्न नसक्नेले नयाँ पार्टि खोल्दैमा सफल नहुने उहाँले ठोकुवा गर्नुभयो ।
उहाँ जंगलको बाटो हिँडेर गन्तव्यमा नपुग्ने पनि भट्टराईले बताउनुभयो । पार्टीभित्र बसेर संघर्ष गर्न छोडेर माधवकुमार नेपाल बाहिरिएर गलत गरेको टिप्पणी गर्नुभयो । उहाँले पार्टीभित्र अन्तरसंघर्ष र विमती भैरहने र अहिले पनि रहिरहेपनि नेपालले भने पार्टी फुटाएर गलत गरेको बताउनुभयो । पार्टीभित्रका समस्या पार्टीभित्रै बसेर समाधान गरौँ भनेर सुझाव दिएपनि हठात विभाजन गरेर नेपालले गलत बाटो रोजेको हुनाले आफुहरुले साथ नदिएको स्पष्ट पार्नुभयो । विभाजनले एमाले केहि समय शोकमा रहेपनि अब भने संधै शोकमा बाँच्न नसकिने उहाँले धारणा राख्नुभयो । पार्टी विभाजनले शोकमा रहेको पार्टी अहिले शोक लाई छोडेर शक्ति तर्फ उन्मुख भएको भट्टराईले बताउनुभयो ।


नेकपा एमालेको झण्डामुनी बसेर देश र जनताको पक्षमा काम गर्न उहाँले निर्देशन समेत दिनुभयो । कम्युनिष्ट आन्दोलनको मुल प्रवाह एमाले नै रहेको उहाँले पटक पटक दोहोराउनुभएको थियो । बाटो बिराएका सबैजना घुमिफिरी एमालेमै फर्किने उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा नेकपा एमालेको केन्द्रीय सदस्य जगत विश्वकर्मा, पद्मा अर्याल, प्रदेश कमिटी सदस्य विकास लम्साल, संविधान सभा सदस्य कल्पना चापागाई, विश्व लोकतान्त्रक युवा मन्चका सदस्य शुन्दर भुसाल लगायतले बोल्नुभएको थियो ।


नेकपा एमाले जिल्ला अध्यक्ष पदम गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष भक्त कुँवर संचालन सचिब पदमपाणी शर्माले गर्नुभएको थियो ।
सो अवसरमा विभिन्न पार्टी परित्याग गरी ठुलो संख्यामा नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!