पर्वत एमालेको बैठक- गण्डकीमा एमाले हिजोपनि एकढिक्का, आजपनि एकढिक्का ः नेता गरुङ - News site from Nepal

पर्वत- नेकपा एमालेका स्थायी समिति सदस्य किरण गुरुङले नेकपा एमालेनै कम्युनिष्ट आन्दोलनको मुल प्रवाह भएको बताउनुभएको छ ।

नेकपा एमाले पर्वतको बुधवार सम्पन्न ११ औ पुणर् बैठकलाई सम्वोधन गर्दै नेता गुरुङले नेकपा एमाले भनेको कालीगण्डकी जस्तै हो भन्दै कसैले कुला र नहर बनाएर यसको अस्तित्वमा आँच नआउने बताउनुभयो । नदिको छेउछाउवाट कुला र नहरमा पानी बगेर जानु सामान्य भएको उहाँको भनाई रहेको छ । उहाँले गण्डकी प्रदेशमा एमाले हिजोपनि एकढिक्का रहेको र आजपनि एकढिक्का रहेको बताउनुभयो । १/२ प्रतिशत दायाँवायाँ हुनु भनेको सामान्य विषय भएको बताउँदै यो प्रदेशमा माधव नेपालको पार्टीको कुनै अस्तित्व नरहेको बताउनुभयो ।

नेता गुरुङले पार्टीभित्रकमा गलत तत्वहरु निस्क्रिय भएपछि अब एमाले झन मौलाउँदै जाने बताउँदै नेता तथा कार्यकर्ताहरु संगठन सुदृढिकरणमा एकताबद्ध भएर लाग्न समेत आग्रह गर्नुभयो । उहाँले विगतका गल्ती कमजोरीलाई विर्सिएर नयाँ शिरावाट अघि बढ्न समेत आग्रह गर्नुभएको थियो । नेकपा एमालेनै मुलुक र मुलुकवासीको भरोशाको पार्टी हो भन्ने अहिलेको गठवन्धन सरकारले समेत पुष्टि गरिसकेको बताउँदै दुई महिना वितिसक्दा पनि मन्त्रीमण्डल विस्तार गर्न नसक्ने सरकारले मुलुकको विकासमा के गर्न सक्ला भन्दै प्रश्न समेत गर्नुभएको छ ।

कार्यक्रमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा पर्वतका इन्चार्ज गोविन्द नेपालीले नेकपा एमालेलाई फेरीपनि मुलुकको पहिलो शक्ति बनाउनका लागि आम कार्यकर्ताहरु एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । बैठकले बिहीवार आयोजित बृहद जिल्ला भेलालाई भव्यताका साथ सम्पन्न गर्ने, असोज ७ जना ७ वटै पालिकामा बैठकहरु राख्ने, असोज ४ गते सवै वडाका बैठकहरु गर्ने तथा १४ गते भित्र सदस्यता नविकरण तथा विस्तारको काम सम्पन्न गर्ने निणर्य गरेको नेकपा एमाले पर्वतका उपसचिब गोविन्द पहाडीले जानकारी दिनुभयो ।

यसैबीच नेकपा एमाले पर्वतको आयोजनामा बृहद कार्यकर्ता भेला भोली हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!