१४ औँ महाधिवेशनबाट काँग्रेसमा शसक्त नेतृत्व आउँछ ः केन्द्रीय सदस्य पाण्डे - News site from Nepal

पर्वत- नेपाली काँग्रेसका केन्द्रिय सदस्य बद्रि पाण्डेले नेपाली काँग्रेसमा विचारले भरिपूणर् नेतृत्व आवश्यक रहेको बताउनुभएको छ ।
नेपाली काँग्रेस जिल्ला कार्यसमिति संग आज भएको भेटघाटमा बोल्दै पाण्डेले काँग्रेसका कार्यकर्ताहरु बिचारले दिक्षित हुनुपर्ने बताउँदै आगामी १४ औँ महाधिबेशन बाट जुझारु नेतृत्व आउने विश्वास व्यक्त गर्नुभयो ।
आगामी तीन तहका निर्वाचनमा बहुमत ल्याउने रणनीतिका साथ संगठन निर्माणमा जुट्न पनि उहाँले आग्रह गर्नुभयो । पार्टीले चुनाव लगतै देशैभरि कार्यकर्ताहरुलाई प्रशिक्षित गराउने सोचमा रहेको पनि पाण्डेले सुनाउनुभयो । यूवा नेता पाण्डेले काँग्रेसमा धेरै प्रक्रियागत प्रणाली मार्फत महाधिवेशन गर्नुपर्दा पटक पटक मिति सर्दै आएको तर अब भने तोकिएको मितिमै महाधिबेशन हुनेमा शंका नरहेको दाबी गर्नुभयो ।
नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुसालले नेपाली काँग्रेसको निर्वाचन केन्द्रित विधानमा केहि परिमार्जन गर्नुपर्ने सुझाव दिनुभएको थियो । उहाँले जिल्ला तहको निर्वाचनमा धेरै खर्च हुने गरेको तर केन्द्रले चुनावी खर्च उपलब्ध नगराउँदा जिल्ला समितिलाई व्ययभार बढ्ने भएकाले केन्द्रले यसबारेमा सोच्नुपर्ने सुझाव दिनुभयो । पर्वतमा नेपाली काँग्रेसको आगामी नेतृत्व सहमती र सहकार्यका साथ चयनको प्रयास भैरहेको पनि भुसालले अवगत गराउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका महाधिबेशन प्रतिनिधी एवं कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, तरुण दलका केन्द्रिय कोषाध्यक्ष विद्धान गुरुङ, कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछाने, जिल्ला कार्यसमितिका सदस्यहरु डा. चुडामणी शर्मा, क्लप्रसाद पाध्या, ईश्वरी पाठक लगायत जिल्ला कार्यसमितिका पदाधिकारी तथा कार्यकर्ताहरुले सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!